सुनसरी/ नेपाली साङ्गितिक इतिहासमा एक ठुलो रियालिटी शो नेपाल आइडल सिजन ३ को फाइनल भोली शुक्रबार हुँदैछ। यसपटक बर्दिवासका किरण कुमार भुजेल, मोरङ्गकी सज्जा चौँलागाइँ र बर्दियाका प्रविण बेदवाल फाइनलामा प्रतिष्पर्धा गर्दैछन्।

भोली हुने फाइनलमा आम दर्शकहरुले शुक्रबार साँझ ५बजेसम्म एसएमएस र एप्सहरुबाट गर्ने भोटिङ्गको आधारमा उच्च भोट प्राप्त गर्ने प्रतिष्पर्धीले सिजन ३ को नेपाल आइडल जित्नेछन्। पछिल्लो समय युट्युब ट्रेन्डिङ्गमा उत्कृष्ट स्थान ओगटेका गीतहरु आँखामा बसाउ मलाई र गायिका मेलिना राईसँगको आवाजमा गुलेलीमा बोलको गीत युट्युवमार्फत सार्वजनिक गरि चर्चामा रहेका नेपाल आइडल सिजन ३ का प्रतिष्पर्धी किरण भुजेलको चर्चा यतिबेला सामाजिक सञ्जालमा व्यापक भईरहेको पाइन्छ।

नेपाल आइडलको स्टेजमा प्रस्तुती दिँदा आम दर्शकको मनछुने प्रस्तुतिहरु दिएका र उनको प्रस्तुतीले देश बिदेशमा रहेका सम्पुर्ण नेपाली भाषिहरुलाई एकतामा जोडेकोले उनको चर्चा अन्तराष्ट्रिय रुपमै भईरहेको छ। पछिल्लो समय उत्कृष्ट ४, उत्कृष्ट ३ मा प्रवेश गर्दा अत्याधिक भोट प्राप्त गरेका किरणलाई नै यसपटकको आइडलको दावेदारको रुपमा लिइएको छ।

यधपी फाइनल चरण भएका कारण तीनैजना प्रतिष्पर्धीहरु बीच कडा प्रतिष्पर्धा हुने किरण भुजेलको प्रचारप्रसार अभियानका एकजना गायक तथा संगीतकार प्रेम घिमिरे स्विकार्छन। यसैगरी अभियानमै खटिरहेका संगीतकार तथा गायक सुनिल कट्वाल पनि प्रतिष्पर्धा कडा हुने भएकाले आफुहरु किरणलाई जिताउन रातदिन नभनि लागी परिरहेको बताउँछन। किरण भुजेल एक अथक संघर्षबाट आएका गायक भएकोले उनले आइडलमा पनि बिभिन्न अवरोहहरु पार गरेका कारण अव बिजेता पनि उनै बन्ने सुनिल थप्छन्। उनीहरुले मधुर स्वरका धनी किरण भुजेललाई अत्याधिक भोट गरि बिजेता बनाइदिन पनि अपिल गरेका छन्। frends

यसरी गर्न सकिन्छ किरणलाई भोट
१) नेपालबाट आफ्नो मोबाइलमा NI 03 टाइप गरि 37000 पठाउने २) 16667703 Dial मत दिन सकिन्छ। ३) भारतमा (Vodafone) प्रयोगकर्ताले 53010, कतारमा (Oredoo) प्रयोगकर्ताले 92300,  मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310, SMS गरि VOTE गर्न सकिन्छ। ४) Online Voting गर्न Respect and Rise एप्लिकेसन डाउनलोड गरि भोट गर्न सकिन्छ। ५) Esewa बाट पनि Vote गर्न सकिन्छ।