पथरीशनिश्चरे/ मोरङ्गको पथरीमा जारी पहिलो अन्नपुर्ण पथरीशनिश्चरे प्रिमियर लिगको टाइटल स्पोन्सर बापतको नगद र ट्रफि शुक्रबार आयोजकलाई हस्तान्तरण गरिएको छ। अन्नपुर्ण इंग्लिस स्कुलले टाइटल स्पोन्सर बापतको नगद र ट्रफि शुक्रबार आयोजकलाई हस्तान्तरण गरेको हो।
पथरीशनिश्चरेस्थित अन्नपुर्ण इंग्लिस स्कुलले टाईटल स्पोन्सर वापतको नगद ३५ हजार तथा शिल हस्तान्तरण गरेको हो। नगद तथा ट्रफि हस्तान्तरण गर्दै अन्नपुर्णको टिमले खेलको माध्यमबाट पथरीशनिश्चरेलाई देशबिदेशमा चिनाउने एबं युवामा रहेको क्षमतालाई प्रस्फुटन गर्न लाग्ने आयोजकलाई बिशेष धन्यवाद दिएको छ।
अन्नपुर्ण स्कुलका प्रिन्सिपल नारायण कट्टेलले पूर्वी खबरसँगको सम्बादका क्रममा पथरीशनिश्चरे क्रिकेट संघको सिफारिसमा प्रतिभावान खेलाडी(स्कुल तहमा अध्ययनरत समुहका) लाई बिद्यालयमा छात्रबृत्ति समेत प्रदान गरिने बताउनुभएको छ।
पथरीमा जारी अन्नपुर्ण पथरीशनिश्चरे प्रिमियर लिगको दोश्रो सेमिफाईनल आज शनिबार एवं फाईनल खेल आईतबार पथरीशनिश्चरे १० जिरिखिम्तीस्थित डाँस मोरङ्गी सामुदायिक बनको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।