इटहरी/ सुनसरीको इटहरीमा रहेको बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलले चालु शैक्षिक सत्रदेखि १० जोड २का कक्षा सञ्चालन गर्ने भएको छ। इटहरी ४ स्थित आइतबारमा रहेको सुविधासम्पन्न भवनमा बेबिलोनले दश जोड २को कक्षा शुरु गर्ने भएको हो।

बेबिलोनको दश जोड २ कार्यक्रम अन्तरगत कक्षा ११ मा व्यवस्थापन, बिज्ञान, शिक्षा शास्त्र, कानुन र होटल मेनेजमेन्ट बिषय अध्यापन गरिने र यसका लागि बेबिलोन प्लस २ले कक्षा ११ मा भर्ना आव्ह्वान गरेको छ।

बिद्यालयले दक्ष तथा अनुभवी प्राध्यापक, व्यवस्थापन समिति र सञ्चालकहरुको टिमसहित दश जोड २ कार्यक्रम सञ्चालन गर्न लागेको बताउँदै बेबिलोन सञ्चालक पुष्प अधिकारीले बिद्यालयले गुणस्तरीय शिक्षाको लागि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ।

puspa adk
बेबिलोन सञ्चालक पुष्प अधिकारी

सञ्चालक अधिकारीले आँफुहरुले इटहरी र आसपासमा खुलेका क्याम्पसहरुले दिइरहेका सेवा देखेको भन्दै आँफुहरुले थोरै बिद्यार्थीमा स्तरीय शिक्षा दिने सोच बनाएको बताउनुभयो।

बेबिलोनले ठाउँ र भौतिक पूर्वाधारलाई समेत ध्यान दिएको भन्दै अधिकारीले इटहरीको आइतबारेमा प्लस टु को कार्यक्रम सञ्चालनमा ल्याएको र त्यहाँ जो कोही पनि सहज पुग्ने बिश्वास ब्यक्त गर्नुभयो।

सञ्चालक अकिारीले बिद्यार्थीलाई कक्षामा बस्दा पनि सहज होस् भनेर त्यही अनुसारको पूर्वाधार बिकास गरेको अनि कक्षामा एसी, स्मार्ट बोर्ड र प्रोजेक्टरसहितको स्मार्ट कक्षा कोठा रहेको एवं ल्याब पनि नयाँ र अत्याधुनिक रहेको बताउनुभयो।

होटल मेनेजमेन्ट पढ्ने बिद्यार्थीलाई इन्टर्नको लागि युरोपियन मुलुकसमेत पठाउने भन्दै सञ्चालक अधिकारीले उत्कृष्ठ ल्याबसहित प्लस टु एचएम, डीएचएम र सिटिइभीटीको प्रमाणपत्र बिद्यार्थीलाई दिइने बताउनुभयो।

बेबिलोनले दुहबी, इनरुवा, कालाबन्जार, उर्लाबारीसम्म बस सेवासमेत सञ्चालन गर्ने र सय भन्दा बढी बिद्यार्थी भर्ना भईसकेको अनि आगामी बर्षदेखि बीबीएस, बिएसडब्लु बीबीए कक्षासमेत शुरु गर्ने तयारी गरेको अधिकारीको भनाई छ।