इटहरी/ बोली एउटा अनि ब्यवहार अर्को हुने चरित्रलाई लक्षित गरी चलनचल्तीमा रहेको उखान ‘मुखमा राम राम बगलीमा छुरा’ प्रयोग गरेर बनाईएको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियो आईतबार (तीनदिन अघि)  8K Everest Motion Pictures नामको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गितलाई गायक सुनिल कटवाल र मेलिना राईले स्वरबद्व गरेका छन्। भिम बिसीको शब्द तथा संगीत रहेको गितको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ। म्युजिक भिडियोमा नायकहरु पल शाह र नाजिर हुसेन अनि नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन्।

पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका गायक सुनिलको यसअघि कपुरी क बोलको गित एवं म्युजिक भिडियो श्रोता अनि दर्शकले निकै मन पराएको गीत हो। गायक सुनिलको अर्को नयाँ गीतको भिडियो पनि छायांकन भईसकेको छ।

हेर्नुहोस म्युजिक भिडियो :