न्युजडेस्क/ किसमिसलाई बहुमुखी फलको रुपमा लिइने गरिन्छ। अंगुरलाई सुकाएर तयार गरिने किसमिस स्वास्थ्यका लागि विभिन्न गुणहरूले भरिपूर्ण छ। मानिसहरू खिरलगायतका विभिन्न पकवानहरू तयार गर्दा किसमिस हाल्न मन पराउँछन्।

यसले खानालाई जत्तिकै स्वादिष्ट बनाउँछ, यो पनि उत्तिकै फाइदाजनक छ। यसको नियमित सेवनबाट हुने फाइदाहरू

शरीरमा शक्ति प्रदान गर्दछ

यसको नियमित सेवनले शरीरमा ताकत बढाउँदछ। यसमा प्राकृतिक सुगर हुने भएकाले सहजरुपमा पच्ने गर्दछ। यसमा कोलेस्ट्रोल हुँदैन। त्यसैकारण मुटुका बिरामीका लागि एकदमै फाइदाजनक मानिन्छ।

कब्जियत हटाउँछ

दैनिक किसमिस खाने हो भने यसले कब्जियतको समस्या भगाउँदछ । कब्जियतका लागि किसमिस रामवाण हो । किसमिसलाई भिजाएर खाने हो भने शरीरका लागि अझ फाइदाजनक रहन्छ ।

तौल घटाउन मद्दत 

शरीरको तौल घटाउनका लागि किसमिस फाइदाजनक हुन्छ । नियमितरुपमा यसको सेवनले तौल घटाउन मद्दत गर्दछ ।

हाड बलियो बनाउँछ

हाडहरू बलियो र मजबुत राख्ने हो भने किसमिस खानु जरुरी छ । यसमा भरपुर क्याल्सियम हुने गर्दछ, जुन हाड मजबुत बनाउन उपयोगी मानिन्छ । त्यसैकारण नियमितरुपमा किसमिस खान आवश्यकता छ ।