इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक निरिक्षक उमेश केसी सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। केसीलाई जिप्रका सुनसरीले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।

संघीय प्रहरी इकाई कार्यालय धरान ट्राफिक व्यवस्थापन शाखामा दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरीमा मुद्दा शाखामा कार्यरत केसीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले कातिक महिनाको सुनसरी जिल्लाको उत्कृष्ट प्रहरी घोषित गरेको हो। umesh kc

केसीलाई बिभागीय मुल्य, मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन भई अवैध लागुऔषध, बिष्फोटक पर्दाथ, चोरी, तस्करी, अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अपराध नियन्त्रणका लागि अहोरात्र खटि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको हो।

यस्तै उच्च मनोवल र साहसका साथ अपराधिक गतिबिधीमा संलग्नहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिक समक्ष सुरक्षाको प्रत्याभुती दिलाई प्रहरी संगठनको छबी उच्च बनाई व्यवसायिक भई प्रशंसनीय कार्य गरेकाले केसीलाई २०७७ साल कात्तिक महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको जनाईएको छ।

यस्तै इलाका प्रहरी कार्यालय इटहरीमा नै कार्यरत प्रहरी जवान समर तिवारी असोज महिनाको उत्कृष्ट प्रहरी बनेका थिए।