इटहरी/ ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरका प्रमुख मिलन राई ‘जजल’ एशियाकै उत्कृष्ट शैक्षिक उद्यमशिल अवार्डका लागि छनौटमा परेका छन्। २० वटा देशहरुको प्रतिष्पर्धीलाई पछि पार्दै राई ‘एसियाको उत्कृष्ट शैक्षिक उद्यमी अवार्ड’का लागि नेपालबाट छनौटमा परेका हुन्।

राईलाई यो अवार्ड रोयल अनर अन्तर्गत शिक्षा क्षेत्रमा रही सानै उमेरमा उद्यमशिल कार्य गरे बापत प्रदान गर्न लागिएको हो। राईले आजसम्म तीनहजार भन्दा अधिक शिक्षक, बिद्यार्थी, प्राध्यापक, सञ्चालक, अभिभावक, उद्यमीहरु लगायतलाई इन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरमार्फत तालिमहरु दिईसकेका छन्। jajal

राईको नेतृत्वमा ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरले चारसय भन्दा धेरै बिभिन्न प्रकारका उपयोगी शैक्षिक, ब्यावसायीक साथै मोटिभेशनल तालिमहरु प्रदान गरेको छ। यसका साथै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर राई अन्तराष्ट्रिय स्तरमा निर्माण भईरहेको नेशनल स्टार नामक मन्टेश्वरी स्कुलका सँस्थापक पनि हुन्।

सो अवार्ड २०२१को फेब्रुअरी भित्र भारतको चेन्नाईमा एक अन्तराष्ट्रिय समारोहका बीच प्रदान गरिने आयोजकले जनाएको छ।