सुनसरी/ माघ १ देखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अतिरिक्त शुल्क लाग्ने भएको छ। बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो।

कोभिडको जोखिमबाट बच्न भन्दै सरकारले लकडाउन शुरु गरेदेखि (गत चैतमा) बैंक तथा बित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था थियो। Nepal-Banks-Interest-rates

शुल्क नलाग्ने व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गर्दै आएका थिए। यही कारण माघ १ देखि न्यूनतम शुल्क उठाउन दिइएको राष्ट्र बैंकले जनाएको छ।

अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउनेछन। दुईटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।