काठमाण्डौ/ ह्विलर निर्माता कम्पनी बजाज अटोको सबैभन्दा चर्चित बाइक पल्सर बाइक हो। जसको कारणले गर्दा कम्पनीले पल्सरको नाममा विभिन्न इन्जिन क्षमताको बाइक उत्पादन गरेको छ। कम्पनीको लोकप्रिय बाइक पल्सर २२०एफ बाइक हो। सो बाइकलाई सानदार बनाउनको लागि नयाँ परिमार्जन गरिएको छ।

कम्पनीले पल्सर २२०एफको इन्स्ट्रयुमेन्ट क्लस्टरमा परिवर्तन गरेको छ। यद्यपि सो बाइकको कन्सोल पुरानो मोडलको जस्तो हुनेछ। सो बाइकमा नयाँ ग्राफिक्स समावेश गरिनेछ। यसको इन्डिकेटर मिटर इन्स्ट्रयुमेन्ट कन्सोलको तल समावेश गरिएको छ। जबकि ट्रिप र ओडोमिटर दायाँ साइडमा जडान गरिएको छ। नयाँ पल्सर २२०एफ मा फ्युल इकोनोमी इन्डिकेटर उपलब्ध रहेको छ।

नयाँ पल्सर २२०एफ को ड्यासबोर्डमा कार्बन फाइबरले फिनिसिङ गरेको छ। जसले बाइकको लुक स्पोर्टी र स्टाइलिस बनाएको छ। यी बाहेक यसमा अन्य केही परिवर्तन गरिएको छैन।

बाइकमा पुरानो मोडलमा जस्तै २२०सीसीको सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन समावेश गरिएको छ। जसले २०.४ पीएसको पावर र १८.५५ एनएमको टर्क जेनेरेट गर्छ।

सो बाइकको पावरट्रेन पहिलाको फ्युल इन्जेक्टर र ट्विन स्पार्क प्लगको साथमा परिवर्तन गरिएको छ। पल्सर २२० एफमा ५ स्पिड ट्रान्समिसन गियरबक्स समावेश गरिएको छ। यसको साथै बाइकमा ५ स्पोक अलोय ह्विल, प्रोजेक्टर हेडल्याम्प, एलईडी टेलल्याम्प, स्पोर्टी स्पलिट सिट, ट्युबलेस टायर र रियर ग्रयाब रेल्स समावेश गरिएको छ।