काठमाडौ/ लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २०० रुपैँयाले घटेको छ।

प्रतितोला ९१ हजार ८०० रुपैँयामा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६०० रुपैँयामा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३००रुपैँयामा कारोवार भएकामा आजका लागि भने ९१ हजार १०० रुपैँयामूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हजार २३० रुपैँयामा कारोवार हुनेछ।