काठमाण्डौ/ पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा ‘मिर्मिरे बिहानी…’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ। एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् ।

पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन्। सविना नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी थिइन् । भिडियोमा पृथ्वीमान आफैले नाचेका छन् भने उनलाई गोमा योङहाङले साथ दिएकी छिन्।

कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई, राज परियार साथ दिएका छन्। भिडियोको लागि श्रृङ्गार महेस सिग्देल, छायांकन शीरकुमार साम्पाङ र दिनेश राई (सुविन), कोरियोग्राफ जेनिशा गिरी, सम्पादन बसन्त वाम्बुले राईले गरेका छन्।

हेर्नुहोस भिडियो :