इटहरी/ सुनसरीको इटहरी ३ स्थित सिद्घार्थ यूवा समुहले फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यूवा समुहले यहि माघ २३ गते देखि माघ ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

आयोजक सिद्दार्थ यूवा समुहले मंगलबार इटहरी ३ तामाङ्ग टोलस्थित खेल मैदानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा प्रदेश नम्बर १का मोरङ्ग, सुनसरी, झापा, उदयपुर र तेह्रथुमका फुटबल क्लवहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

दुईवटा सँस्करणमा प्रतियोगिता गरिसकेको आयोजकले यो सँस्करण भने क्लवका खेलाडी दिलेन्द्र राईको स्मृतिमा सञ्चालन गर्ने जनाएको छ। यसपटकको प्रतियोगितालाई आयोजकले स्व.दिलेन्द्र राई स्मृति तेश्रो सिद्घार्थ नकआउट फुटबल प्रतियोगिता नामाकरण गरेको छ।

प्रतियोगिताको समापन भने तामाङ्ग समुदायले मनाउने ल्होछार पर्वको अवसर पारेर माघ ३० गते समापन गर्ने आयोजकको भनाई छ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र साथै द्वितीय हुनेले ३१ हजार रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।