सुनसरी/ सुनसरीको इटहरीमा शुक्रबार साँझ सांगितिक कार्यक्रम प्रस्तुत गर्न गायक प्रमोद खरेलले आउने भएका छन्। अ स्टोरी अफ योंग हर्टले गर्न लागेको कार्यक्रममा सहभागि हुन खरेल इटहरी आउने भएका हुन्।

इटहरीस्थित ओसियन पार्क एण्ड रिसोर्टमा हुने कार्यक्रममा गायक खरेलले आफ्नो लाइफ स्टोरी सुनाउने आयोजक समितिका प्रबन्ध निर्देषक सुजन घिमिरेले बताएका छन्।

गायक खरेलले आफ्नो स्टोरीसँगै आफ्ना दर्जन बढि गितहरु पस्कने कार्यक्रम रहेको निर्देष्शक घिमिरेले बताए। झण्डै १ बर्ष अघिदेखि स्टोरी सुनाउने कार्यक्रमको आयोजना गरिएको भएपनि लक डाउनले गर्दा कार्यक्रम गर्न नसकिरहेको आयोजकको भनाई छ।

सफल ब्यक्तित्वहरुको स्टोरी सुनाउँदा युवाहरुमा सकारात्मक उर्जा उत्पन्न हुने भएकाले युवालाई लक्षित गरेर यो कार्यक्रम शुरु गरिएको आयोजक अ स्टोरी अफ योग हर्टले जनाएको छ। जस अन्र्तगत बिद्यार्थीले कार्यक्रममा प्रबेश गर्नका लागि न्युनतम शुल्क राखिएको जनाएको छ।

शुक्रबारको कार्यक्रममा डाइनामिक ब्याण्डले समेत प्रस्तुति गर्ने बताइएको छ। शुक्रबारको साँझमा आउने दर्शकहरुले फेमिलि प्याकेज, साधारण प्याकेजका टिकटहरु बिक्रि गरिएको छ।

गायक कमल खत्रीले इटहरी आएर लकडाउन अघि यसभन्दा पहिले आफ्नो स्टोरी सुनाइसकेका छन्।