सुनसरी/ सुनसरीको इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल डा.बेनुप्रसाद सिटौला बिश्वभरिका उत्कृष्ट १०० शिक्षाकर्मीमा पर्नुभएको छ। अमेरिका, बेलायत र दुवईबाट प्रकाशित हुने ‘द एक्सेलिजेण्ट’ नामको पत्रिकाले उत्कृष्ट १०० शिक्षाकर्मीमा डा.सिटौलालाई पनि समेटेको हो।

बिश्वभरि नै शिक्षा क्षेत्रमा लागेर उल्लेखनीय योगदान दिने तथा उपलब्धी हासिल गरेका शिक्षाकर्मी मध्ये सबैभन्दा प्रसंशित ‘हन्ड्रेड एड्माइर्ड पिपलइनएजुकेसन २०२०’ भनेर डा. सिटौलालाई उत्कृष्ट १०० भित्र समावेश गरेको छ। benu sir 2

डा. सिटौला लामो समयदेखि सुनसरीमा अध्यापन पेशामा आवद्द हुनुहुन्छ।

यस्तै समग्र शिक्षाको रुपान्तरण तथा सामुदायीक बिद्यालयको सुधार र बिकासका लागि ‘बृहत राष्ट्रिय शिक्षाअभियान’ सञ्चालन गरिरहनुभएका अभिषेक घिमिरे पनि उत्कृष्ट १००मा पर्नुभएको छ। benu sir 3