इटहरी/ आज फ्रेबुअरी 14 अर्थात प्रेम दिवस। एक आपसमा प्रेम साटासाट गरि मनाईदैछ। प्रेमीप्रेमिकाले प्रेमको प्रतिक रातो गुलाब साटासाट गर्ने र औपचारिक रुपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ।

यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरिने चलन बढ्दो छ। नेपाली युवा युवतीले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन्। बिशेषगरी पार्क एवं रमणीय स्थानहरुमा युवा युवतीको भिड लाग्ने गरेको छ। IMG_5428

ईसापूर्व २ सय ७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनता प्रेम, यौन र बिवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए। पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी 14 मा मृत्युदण्ड दिईएको थियो। भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी 14 लाई ‘भ्यालेन्टाईन डे’ अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिन्छ। IMG_5305

यसै शन्दर्भमा हामीले मार्टिना मेकअप स्टुडियो एण्ड ब्युटि पार्लरको मेकअपमा Studio 977 का बिषप ताम्राकारले खिचेका आयुष र सुस्मिताका आकर्षक तस्विरहरु सार्वजनिक गर्दैछौँ। IMG_5316 IMG_5323 IMG_5333 IMG_5399 IMG_5400

मेकअप : मार्टिना मेकअप स्टुडियो एण्ड ब्युटि पार्लर
लेन्स : Studio 977(बिषप ताम्राकार)