इटहरी/ सुनसरीको इटहरी २ स्थित इपी ल्याण्ड एण्ड वाटर पार्क फागुन १७ गते सञ्चालनमा आउने भएको छ। तालतलैयाको पश्चिम तर्फ रहेको पार्कमा शुक्रबार पत्रकार सम्मेलन गरेर सञ्चालकले यसबारे जानकारी गराएका हुन्।

पार्कको उद्घाटन नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम छ।

उद्योग बाणिज्य संघका अध्यक्ष भिम पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानबिक्रम शाह र संघीय राजधानी काठमाण्डौको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानीमा पार्क निर्माण भएको हो।

अघिल्लो गत बर्षको चैतदेखिनै सञ्चालनमा ल्याउने गरि निर्माण गरिएको पार्क कोरोना भाईररसको महामारीका कारण झन्डै बर्ष दिनपछि सञ्चालन हुन लागेको सञ्चालकले जनाएको छ। IMG_9446

परिवारसँग रमाइलो गरेर दिन बिताउन वा बिदाको दिन परिवारसँग घुम्न जाने उपर्युक्त ठाउँ नभएको ठानेर इपी ल्याण्ड एण्ड वाटर पार्क निर्माण गरेको सञ्चालकले जनाएको छ। ६ बिघा क्षेत्रफलमा ३० करोडको लगानीमा सञ्चालनमा आउन लागेको पार्कले इटहरीमा आउने आन्तरीक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ हुने र यहाँबाट बालबालिका देखि तन्नेरीसम्मले पारिवारिक मज्जा लिन पाउने सञ्चालकको अपेक्षा छ।

पूर्वकै ठूलो वाटर पार्क रहेको जानकारी गराउँदै सञ्चालकले पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएको एउटा स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न पाउने जनाएको छ।

एउटा स्लाईडमा दिनभरमा ५ हजार जनाले रमाइलो गर्न पाउने आयोजकको दावी छ। पार्कमा एकैपटक ६ सय जना मानिस अटाउने एक वेभ पुल छ। पुलमा बसेपछि समुन्द्रमा बसेको जस्तो आनन्द आउने सञ्चालकको दावी छ।

यस्तै पार्कमा जोरासिक पार्क पनि रहेको र त्यहाँ बोटिङ गर्न सकिने र बोटिङसँगै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिनेछ। यस्तै पार्कमा जिप लाइन टावर पनि रहेको र एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिने छ।

IMG_9460
पत्रकार सम्मेलनमा सञ्चालक एवं सञ्चाकर्मीहरु, तस्विर:पूर्वीखबर

पार्कमा वाल क्लाइम्बिङ(चट्टानमा चढ्ने) ठाउँपनि निर्माण गरिएको छ। पार्कमा नेपालमा नै पहिलो पटक स्नोपार्क निर्माण गरिएको र केही समयपछि सञ्चालनमा ल्याइने जनाईएको छ। यसमा हिउँबाट आनन्द लिने सकिने जनाईएको छ।

यस्तै पार्कभित्र रेस्टुरेन्ट सञ्चालनमा आउने एउटा बार्वे क्यु हुने अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै फास्ट फूडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि रहने जनाइएको छ।

दैनिक ५ हजार जना अटाउने पार्कमा प्रदेश नम्बर १ सँगै भारतका बिभिन्न ठाउँका दैनिक एक हजार जनाले अवलोकन गर्ने सञ्चालकको लक्ष्य छ। पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएका छन्।