बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीलाई स्वागत गरिएको छ। एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ दोस्रो बर्षका बिद्यार्थीले नयाँ बिद्यार्थीलाई स्वागत गरेका हुन्। JPGE 444

कार्यक्रममा फूल, खादा र अविर लगाएर नयाँ बिद्यार्थीलाई स्वागत गरिएको छ। नोबेलमा हरेक बर्ष नयाँ बिद्यार्थीलाई स्वागत गरिँदै आएको छ। यसपटक भने कोरोनाको महामारीका कारण स्वागतमा ढिलाइ भएको बिद्यार्थीले जनाएका छन्। JPG-111 यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै नोबेल मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.रामहरी घिमिरे, कलेजका अन्तर्राष्ट्रिय निर्देशक डा.निरञ्जन कुमार, स्त्रीरोग बिषेशज्ञ प्रा.डा.सीता पोख्रेल घिमिरे, प्याथलोजी बिभागका प्रोफेसर आर.एन. ठाकुर लगायतले बिद्यार्थीहरुलाई अनुशासित भई मेहनत गरेर पढ्न सुझाव दिएका छन्। यस बर्ष नोबेलमा एमबीबीएस प्रथम बर्षमा १ सय, बीडीएसमा १० र बीएस्सी नर्सिङमा २१जना बिद्यार्थी भर्ना भएका छन्। JPGE 333

नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय बिद्यार्थी अध्ययनरत छन्। नोबेलमा पढाई राम्रो हुने भन्दै नेपालका बिभिन्न जिल्लासँगै भारत, माल्दिभ्सलगायत देशबाट पनि बिद्यार्थी अध्ययनका लागि आउने गरेका छन्। JPGE 222