सुनसरी/ सुनसरीको अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता इटहरी उपमहानगरपालिकाले जीतेको छ। इटहरी उपमहानगर र दुहवी नगरपालिका बीच भएको फाइनल खेलमा ३–१ सेटको अन्तरले इटहरी उपमहानगर बिजयी भएको हो।

रामधुनी युवा क्लवले आयोजना गरेको प्रतियोगितामा ९ टिमको सहभागिता थियो। बिजेता इटहरी उपमहानगरको टिमले नगद २५ हजार सहित ट्रफि र मेडल प्राप्त गरेको छ। game 2

उपबिजेता दुहवी नगरपालिकाको टिमले १५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेको छ।