झापा/ झापाको बिर्तामोडमा जारी दोश्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा नवीन सिलवाल, चाणक्य पाठक बिर्तामोड र प्रनिशसिंह ठकुरी, दिपक घिमिरे काँकरभिट्टा बीच हुने भएको छ। नवीन र चाणक्यको जोडीले २१–८ र २१–१२ को सोजो सेटमा बिशन राई, अनुप अधिकारी दमकको जोडीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो। यसैगरी प्रनिश र दिपकको जोडीले सुदेन राई, प्रकाश राई दमकको जोडीलाई २१–८ र २१–१७ को सोजो सेटमा हराउदै फाईनलको यात्रा तय गरेको हो।

यस्तै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोड बिरुद्ध श्रीप्रसाद धिमाल, बिष्णु तामाङ्ग काकरभिट्टा बीच फाईनल खेल हुने भएको छ। बिहिबार भएको सेमीफाईनलमा सञ्जय भक्तराज, गणेश कार्कीको जोडीले सूर्य अधिकारी, कुलदिप चौधरी चन्द्रगढीको जोडीलाई २१–७, १४–२१ र २१–१२ को सेटमा हराउदै फाईनल प्रवेश गरेको हो। ssss

यसैगरी श्रीप्रसाद धिमाल, बिष्णु तामाङ्ग काकरभिट्टाले नगेन्द्र गहतराज र गंगा फेदापे बिर्तामोडलाई २१–१६ र २२–२० को सोजो सेटमा हराउदै फाईनल यात्रा तय गरेको हो।

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोश्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ बुधबार(हिजो)देखि शुरु भएको हो।

बिर्ता व्याडमिटन क्लवको कवर्ड हलमा भईरहेको सो प्रतियोगिताको फाईनल खेल भोली शुक्रबार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा यसबर्ष खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी छन्।

प्रतियोगितामा खुल्ला तर्फका प्रथमले नगद २५ हजार, द्वितीयले २० हजार र तृतीय हुने टिमले आठ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन्। त्यस्तै भेट्रान तर्फ प्रथमले २० द्वितीयले १५ र तृतीय हुनेले ५ हजार रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र हात पार्ने छन्।