झापा/ झापाको बिर्तामोडमा सम्पन्न दोश्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाईनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ। नवीन सिलवाल, चाणक्य पाठक बिर्तामोडलाई २२-२०,९-२१ र २१-१९ को अंकमा हराउदै ठकुरी र घिमिरेको जोडिले जितेको हो।

जीतसंगै बिजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन्। उपबिजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार ट्रफिमा चित्त बुझाउनु परेको छ। यसैगरी तेश्रो हुने जोडिलाई नगद आठ हजारसहित ट्रफि प्रदान गरियो। IMG_7794

यस्तै ४५ प्लस डवलमा सञ्जय भक्तराज, गणेश कार्की बिर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, बिष्णु तामाङ्ग काँकरभिट्टाको जोडीलाई २१–७, २१–७ को सोझो सेटमा हराउदै फाईनल जितेका छन्।

जितसँगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफि र उपबिजेता धिमाल र तामाङ्गले नगद १५ हजार ट्रफी हात पारेका छन् भने तेश्रोलाई नगद पाँच हजारसहित ट्रफी प्रदान गरियो। IMG_7885

लायन्स क्लव अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोश्रो लायन्स खुल्ला ब्याडमिटन प्रतियोगिता’ २३ गते शुरु भएको थियो। बिर्ता ब्याडमिटन क्लवको कवर्ड हलमा भएको प्रतियोगितामा खुल्ला तर्फ ३० र भेट्रान तर्फ २३ टिम सहभागी थिए।

लायन्स क्लव अफ अनारमनीका अध्यक्ष डा.गौरीशंकर झाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच बिजेता खेलाडीलाई पुरस्कार बितरण गरिएको थियो। IMG_7910 प्रतियोगिता समापन समारोहमा लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली नेपाल व्याडमिन्टन संघका केन्द्रीय सदस्य बिनोद बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्‍याउने दातालाई सम्मान समेत गरिएको छ। रविन्द भट्टराईले सञ्चालन गरेको कार्यक्रममा दाताले खेल निरन्तरताको लागि शुभकामना दिँदै आगामी बर्षका लागि समेत आफूहरुले पुरस्कारको स्पोन्सर गर्ने घोषणा गरेको लायन्स क्लव अफ अनारमनीका पूर्व अध्यक्ष शैलेन्द्र कुरुङ्वाङ्गले जानकारी दिनुभयो।