इटहरी/ नेपाल लिकर्स प्रालिले मिस्टर डोवल्स नम्बर वान लग्जरीलाई बजारमा ल्याएको छ। स्मुदेस्ट नम्बर वन लक्जरीको रुपमा यो रक्सी सार्वजनिक गरेको हो।

यही साता एक कार्यक्रमका बीच सो ब्राण्डलाई सार्वजनिक गरिएको हो। ७५०, ३७५, र १८० मिलिलिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ। यी ब्राण्डहरु क्रमस ९२०, ४६० र २३० रुपैँया बजार मुल्यमा उपलब्ध रहेको नेपाल लिकर्स प्रा.लि.ले जनाएको छ। नेपाल लिकर्स प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले यो रक्सीले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मुल्यमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिका एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लु रीबन्ड जीन जस्ता ब्राण्डहरु उपभोक्ता माझ लोकप्रिय छन्।