काठमाण्डौ/ संघीय राजधानीस्थित काठमाडौं मेडिकल कलेजले आइतबार ललितपुरको गोदावारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७५३ बिरामीले निःशुल्क उपचार पाएका छन्।

बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिएको केएमसीले गोदावारी–९ स्थित गणेश आधारभूत विद्यालयमा एकदिने शिविर सञ्चालन गरेको हो। शिविरमा १९८ जनाको ल्याव टेष्ट, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो। दाहालले शिविरमा ४१ जनाको दाँत खोलिएको बताउनुभयो।

शिविरमा बिशेषज्ञ डाक्टरहरुसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक रोगलगायतको उपचार गरेको थियो।

डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ।