इटहरी/ हिजो आईतबार र आज सोमबार बन्द रहेका इटहरीका निजी कलेजहरु भोली देखि सञ्चालनमा आउने भएका छन्। हिसान सुनसरीले बिज्ञप्ती जारी गर्दै भोली देखि कलेज सञ्चालनमा आउने जनाएको हो।

अस्ति ७ गते शनिबार इटहरीका चारवटा निजी कलेजहरु(बिश्व आदर्श, कस्तुरी, कोशी र सुष्मा कलेज)ले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोबैज्ञानिक त्रास बढेको भन्दै अनिश्चितकालका लागि बिद्यालय बन्द गर्ने घोषणा गरेका थिए।

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) सुनसरीले जारी गरेको बिज्ञप्तीमा इटहरी नगर शिक्षा समितिले बर्तमान समस्या समाधान गर्न कार्यदल गठन गरिसकेको भन्दै अझैपनि पठनपाठन स्थगित गर्नु भनेको बिद्यार्थीको भाग्य र भविष्यमाथि खेलवाड गरेको बुझिने भनिएको छ।

जारी बिज्ञप्तीमा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई अपिल समेत गरिएको छ।

हेर्नुहोस बिज्ञप्ती :

HISSAN