एजेन्सी/ पार्टनरबीच सम्बन्ध बलियो बनाइराख्नका लागि यौनको महत्वपूर्ण भूमिका हुन्छ। यौन जीवनलाई उत्कृष्ट बनाउनका लागि मानिसहरु विभिन्न प्रकारको तरिका अपनाउने गर्छन्। तर के तपाईंलाई खानपिनले पनि यौन जीवनमा अत्यधिक प्रभाव पारिरहेको छ भन्ने थाहा छ ? यौन सम्बन्ध अघि तपाईं जे खानुहुन्छ त्यसको असर यौन शक्तिमा पर्ने गर्छ। विशेषज्ञले यौन सम्बन्ध स्थापित गर्नु अघि के खाने र के नखाने भन्ने सल्लाह दिएका छन्। 

यौन शक्ति र फर्टिलिटी बढाउनका लागि अनार अत्यधिक फाइदाजनक मानिन्छ। विशेषज्ञका अनुसार अनारको जूस पिउँदा मूड राम्रो हुन्छ र रक्त सञ्चारमा पनि सुधार आउँछ। यसले टेस्टोस्टेरोनकोृ स्तर पनि बढाउँछ । 

चकलेटः चकलेट र रोमान्सको गहिरो नाता छ। चकलेट खाँदा सरोटोनिक हर्मोन बन्ने गर्छ जसले मूड राम्रो बनाउँछ। यौन सम्बन्ध स्थापित गर्नुअघि चकलेट खाँदा तनाव कम हुन्छ र यौन इच्छा जागृत हुन्छ। यसका साथै चकलेटमा फेलिलएलथाइलमाइन हुन्छ जसले यौन इच्छा बढ्ने गर्छ। 

पालुङ्गोः हरियो पालुङ्गोमा अत्यधिक म्याग्नेसियम पाइन्छ जसले टेस्टोस्टेरोनको स्तर बढाउने काम गर्छ। पालुङ्गोमा आइरन पाइन्छ जसका कारण सेक्स ड्राइभ बढ्ने गर्छ। यो विशेषगरी महिलाको यौन इच्छा र सन्तुष्टि बढाउन सहयोगी छ।

खरबुजाः खरबुजामा साइट्रिनलाइन नामको एमिनो एसिड हुन्छ। शरीरमा प्रवेश गरेपछि यो आर्जिनिन एमिनो एसिडमा परिवर्तन हुन्छ। यसका कारण रक्त कोसिकाले आराम पाउँछ जसका कारण यौनाङ्गले राम्रोसँग काम गर्न सक्छ। खरबुजाले शरीरमा त्यस्तै काम गर्छ जस्तो इरेक्टाइल डिसफंक्सन रोक्नका लागि भियग्राले गर्छ। 

एभोकाडोः क्रिमले भरपुर यो फलमा हेल्दी फ्याट र फाइबर हुन्छ। एभोकाडो खाँदा भित्रैदेखि ऊर्जा मिल्छ। त्यसैले विशेषज्ञ यौन सम्बन्ध स्थापित गर्नुअघि एभोकाडो खान सल्लाह दिन्छन् । यसबाहेक महिलालाई महिनावारीका बेला हुने थकान र चिड्चिडापनलाई हटाएर मूडलाई रोमान्टिक बनाउन पनि मद्दत गर्छ । 

स्ट्रबेरीः स्ट्रबेरी भिटामिन सीले भरपुर हुन्छ जसका कारण तनाव कम हुन्छ र यौन इच्छा बढ्ने गर्छ। स्ट्रबेरी खाँदा शरीरमा अक्सिटोसिन हर्मोन बन्छ जसलाई लभ हर्मोन पनि भनिन्छ। यसको सम्बन्ध यौन इच्छासँग हुन्छ। 

कफी वा चियाः कफी वा चियामा अत्यधिक क्याफिन पाइन्ट जसको असर स्नायू प्रणालीमा पर्छ। यसले यौन सम्बन्धका बेला पुरुषमा परफर्मेन्स एन्जाइटी हुन दिँदैन। क्याफिनले इरेक्टाइल डिसफंक्सनको सम्भावना पनि कम गर्छ। सुत्नु ठिक अघि कफी वा चिया नपिउनुहोस् नभए यसले समस्या निम्त्याउन सक्छ। 

फ्याटी फिशः साल्मन, सार्डिन् र मेकेरलजस्ता फ्याटी फिशमा भरपुर मात्रामा ओमेगा–थ्री पाइन्छ। यो हेल्दी फ्याटले शरीर सुन्निन कम हुन्छ जसका कारण यौन जीवन पनि राम्रो हुन्छ। यदि तपाईं शाकाहारी हुनुहुन्छ भने ओमेगा–थ्रीका लागि फ्लेक्स सिड्स, चिया सिड्स वा ओखर खानुहोस् । 

यी खानाहरु नखानुहोस्ः स्वस्थ यौन जीवनका लागि केही खानेकुरा खानु हुँदैन जस्तै कि रक्सी। रक्सीको अत्यधिक मात्राले टेस्टोस्टेरोनको स्तर कम गर्छ। यसको असर स्नायू प्रणालीमा पर्छ जसका कारण सेक्स ड्राइभ कम हुन्छ। यसका साथै यौन सम्बन्धको ठिक अघि कहिले पनि मासु वा नौनीजस्ता स्याचुरेटेड फ्याटयुक्त खानेकुरा नखानुहोस्। यसले रक्त सञ्चार स्लो गर्छ र यौन इच्छा कम हुने गर्छ।