सुनसरी/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ। वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ। लामो समयको खडेरीले हावा सुख्खा भएको र हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएका कारण साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको जल तथा मौसमविद्हरुले जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराउनुभएको थियो।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो। त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं बिद्यार्थीमा हुनसक्ने स्वास्थ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको बताउनुभयो।

अव सबै शिक्षण संस्था आईतबार मात्र खुल्ने छन्। bigyapti