इटहरी/ चैत्र १५ गते फागु पूर्णिमाको दिन आफ्नै घरमा सुतिरहेका बेला हत्या गरिएका इटहरी २ का केशव कार्कीका छिमेकी जीवनाथ रेग्मिले लामो समयदेखि योजना बनाएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानमा रहेका प्रहरी अधिकृत भन्छन् ‘योजना बनाएर नै हत्या गरेको देखिन्छ, पटक पटकको प्रयासमा यो पटक भने सुनिरहेको मौका पारेर भाला प्रहार गरेको देखियो।’ अधिकृत भन्छन् ‘रेग्मिले कार्कीको हत्या गर्नकै लागि भाला बनाएको देखिन्छ’।

मृतक कार्की स्थानीय शान्ति जनकल्याण वन उपभोक्ता समिति अन्तगर्तको ६ नम्बर प्रतिनिधिको रुपमा ३ कार्यकाल सम्हालेका थिए। एक वर्ष अघि रेग्मीले इटहरीस्थित तरहराको कृषि फर्मका केही रुख चोरी गरी बिक्रि गरेको आरोप लागेको थियो ।

एकदिन रेग्मीले काठ चोर्दै गरेको देखेपछि कार्की र अन्य एकजनाले कृषि फर्मका सुरक्षा गार्डलाई भनेर काठ चोर्दै गर्दा पक्राउ गराएका थिए। सो बेला रेग्मी ६ महिना जेल परेका थिए। सोहि बेलादेखि रेग्मिले कार्कीलाई दागा धरेका प्रहरीको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

रेग्मिको भाला प्रहारबाट गम्भिर बनेका कार्कीको तरहरास्थित सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लाने क्रममा ज्यान गएको थियो।

कार्कीलाई भाला हानेर फरार भएका रेग्मिलाई घटनाको एक घण्टापछि प्रहरीले तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान कार्यालयको गहुँ खेतमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको थियो।

र यो पनि : रिसिइबी साध्न इटहरीमा छिमेकीको हत्या