सुनसरी/ मोरङ बिराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहिबार सम्पन्न अन्तिमसेमी फाइनल खेलमा सुनसरीको धरान उपमहानगरपालिकालाई २–१गोल अन्तरले पराजित गर्दै बिराटनगर महानगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो।

बिराटनगरको जितमा सुशान्त तामाङ र भुवन बस्नेतले एक/ एक गोल गरे। धरानको तर्फबाट तपन कार्कीले एक गोल गरे। निकै नै प्रतिष्पर्धात्मक खेलको १५ औ मिनेटमा बिराटनगरका सुशान्त कार्कीले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। त्यसको सात मिनेटपछी खेलको २२औ मिनेटमा धरानका तपन कार्कीले १ गोल गरी खेललाई बराबरीमा ल्याए। पहिलो हाफ एक एक गोलको बराबरी अवस्थामा सकिएको थियो। IMG_0700

दोश्रो हाफको २८औ मिनेटमा बिराटनगरका तर्फबाट भुवन बस्नेतले निर्णायक गोल गर्दै बिराटनगरलाई बिजयी गराए।

आजको खेलको म्यान अफ द म्याच बिजयी टिम बिराटनगरका रमेश राजबंशी घोषित भए। उनलाई प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद ३ हजारसहित ट्रफी प्रदान गरे।

बिराटनगर महानगरपालिकाले अब उपाधीका लागि शनिबार हुने फाइनलमा दमक नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ। दमक यसअघि नै इनरुवा नगरपालिकालाई पराजितगर्दै फाइनलमा पुगिसकेको छ।

इटहरी स्थित क्षेत्रीय रंगशालामा जारी प्रतियोगिताको बिजेता टिमले २ लाख नगद र उपबिजेताले १ लाख पुरस्कार पाउने छन्।