इटहरी/ मोफसलमा कृयाशिल गायक पृथ्वीमान लिम्बुले नयाँ बर्ष २०७८को अवसर पारेर आफ्नै शब्द, स्वर र संगितकुमार आँखेवाको लय संकलनमा “आदाङ्गवे माथ्लो गाउँको साईली”सार्वजनिक गरिएको हो।

अकस्टिक रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियो दर्शक माझ नयाँ बर्षको सांगितिक कोशेली स्वरुप सार्वजनिक गरिएको हो। पृथ्वीमानले यसअघि पनि पुर्वेली लोक भाकाको “मिरमिरे बिहानी“ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए।

गायक पेशाले राष्ट्रसेवक भएतापनि आफ्नो बचेको समयलाई गित, संगित, साहित्य, कला र समाजसेवामा समर्पित गरेका छन्। नेपालमा सदियौ देखि लाहुरे जाने चलन छ। लाहुर जान बिगतमा बाध्यता भएपनि अचेल यो रहर वा बाध्यता वा दुबै हुनसक्छ।

यसै लाहुरे जाने चलन भित्रको माया–प्रेम, मिलन र बिछोडमा आधारित रहेर रचना गरिएको लोक पप गितको भिडियो निर्देशन दिनेश माङ्मुले गरेका छन्।

भिडियोमा गायक स्वयं, बिशाल सेनेहाङ्ग र सबु तामाङको मुख्य भुमिका छ भने राजेश, बिशाल, मांकल, सन्जय, मुना, सुमिनाको सहायक भुमिका छ। म्युजिक भिडियोको छांयाकन ज्ञानेन्द्र शर्माले काभ्रेपलाञ्चोकमा गरेका छन । नयाँ बर्ष २०७८को पुर्वसन्ध्यामा रेन्बो रेज मिडियाबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

हेर्नुहोस म्युजिक भिडियो :