झापा/ प्रायुस पौड्याल र स्मारिका सुनुवारले यो बर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन–२को ताज हात पारेका छन्। स्काई क्रिएटर इन्टरनेशनल प्रालिले गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन्।

शनिवार राति सम्पन्न फाइनल प्रतियोगितामा नौ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरु मिस्टर एण्ड मिस प्रोभिन्स वान’ घोषित भएका हुन्। उपाधिसँगै उनीहरुले ट्रफी, मेडल, प्रमाणपत्र र नगद ५०–५० हजार रुपैयाँ हात पारेका छन्। 2

त्यस्तै प्रतियोगितामा फष्ट रनरअप अभिशेक राजवंशी र सेकेण्ड रनरअप प्रकृति अर्याल घोषित भए। त्यस्तै प्रतिमा खतिवडा अर्गनाइजर च्वाइज घोषित भइन्। प्रतियोगिताका बिजयीले काठमाडौंस्थित इम्पेरियल बिजनेश कलेजमा बीबीए र बीएचएम अध्ययनका लागि छात्रवृत्ति समेत पाएका छन्।

प्रालिले गतबर्षदेखि प्रतियोगिता गर्दै आएको प्रालिका कार्यकारी अधिकृत सन्दीप राजवंशीले जानकारी दिनुभयो। १५ देखि २२बर्ष उमेर समूहका प्रदेश १ भरिका १९ जना प्रतिष्पर्धीले प्रतियोगितामा भाग लिएका थिए। जसमध्ये फाइनल राउण्डमा ९जना प्रतिष्पर्धी पगेका प्रालिका कार्यकारी अधिकृत राजवंशीले बताउनुभयो। 3

नेपाल पत्रकार महासंघ झापाका नव निर्वाचित अध्यक्ष एकराज गिरीले प्रमुख अतिथिको आशनबाट बोल्दै युवामा अन्तरनिहीत प्रतिभा छनौटका लागि स्काई क्रिएटर इन्टरनेशनल प्रालिले गरेको प्रतियोगिताको प्रशंसा गर्नुभयो। प्रतियोगितामा गोविन्द भारती, रामचन्द्र गौतम र अलिषा अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।