पहिचान र सामथ्र्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता,पुर्ण समानुपातिक समावेशीता र अल्पसंख्यक सीमान्तकृत जाति क्षेत्र, वर्ग,लिङ्गका जनताको अधिकारसहित प्रतिनिधितब पार्टीको प्रमुख एजेन्डा हो । यसका लागी पार्टी प्रतिवद्द छ र हुनुपर्छ र यसैका लागि अन्य पार्टीका सबै नेता नश्लिय अहंकारी पहाडीय चिन्तनबाट ग्रसित भए भनेर तिनीहरुको काउन्टर दिनका लागि उत्पीडित जाती र उत्पीडका जाती समुदायको नेतृत्वमा बनाइएको पार्टी हो जसपा नेपाल।

नेपाली नश्लिय चिन्तनले ग्रसित सत्तरी बर्ष सम्म बिभिन्न तिक्दम गर्दै राज्यको ढुकुटीमा ब्रह्मलुट गरेर खोक्रो राष्ट्रियता देखाउदै राष्ट्र र जनतालाई कंगाल व्यक्ती जलगैडाझै मोटाएका मानवका रुपमा दानव ब्वासा राजनीतिका रूपमा कमाउनिती लिएका राज्यका कुख्यात अपराधीहरुको बीच जसपाले लिएको पबित्र नीति लिएका दिग्गज नेता कार्यकर्ता लाई बिभिन्न प्रलोभनमा पार्नु धाकधम्की र आश्वासन दिनु र मतभेद सृजना गरेर पार्टी र तिनका नेताकार्यकर्तालाई एकताबद्ध हुन नदिनु नश्लिय उच्च अन्धाजातिवादी ब्राह्मणवादी चरितको मुख्य धर्मनै हो यसलाई जसपाका नेता कार्यकर्ताले भुल्नुहुन्न।

मेरो आत्माले जसपा नेपालका नेतृत्वहरुलाई यसरी मुल्यांकन गर्दछ र यहि आधारमा आज उहाँहरुको एउटा कार्यकर्ताको रुपमा उत्पीडितहरुको निम्ति सबै त्यागेर लागेको हु । मैले मुल्यांकन गर्दा उहाँहरुको बखान यसरी गर्छु अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव जसलाई देख्ने बित्तिकै जो आफू पशुभन्दा निच बनाइएको छ जो समाजबाट अपहेलित तिरस्कृत अछुत बनाएको छ त्यही जाती समुदायले समेत मधिसे धोती भारती भनेर हेप्नु सम्म हेपेका हुन। तिनै उत्पीडित समुदाय क्षेत्रबाट खारिएर देशको नेतृत्व गरे सबैलाई समान अधिकार स्थापित गर्नुपर्छ भनेर लाग्नुभएको छ जसलाई संघीयताको पिता मधेसी आन्दोलनका दिग्गज बौद्धिक भद्र शालिन बर्णन पार्टीका नेता कार्यकर्ता र अन्य धेरै स्थानमा सम्बोधन गर्ने गरिन्छ जो महन्त ठाकुर, उपेन्द्र यादव द्वय पार्टीको अध्यक्ष हुनुहुन्छ भने, राजेन्द्र महतो जो पार्टीको बरिष्ठ नेता हुनुहुन्छ ।

त्यस्तै नेपालका सबैभन्दा पिछडिएको राउटे, दलित बनाइएका शिल्पी समुदाय अवस्था र तिनीहरु अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने ज्ञान देखि बिश्वको सबैभन्दा बिकसित मुलुक अमेरिका, चिन, भारत लगायतका देशका बिकाश र समृद्धिलाई नियालेर त्यसलाई समेत चुनौती दिएर नेपाललाई बिकास समृद्धिको अग्रमोर्चामा पुर्‍याउनु सक्ने ज्ञान भएका दख्खल राख्नसक्ने बौद्धिक व्यक्ती संघीयताका ब्याखाता पहिचान र अधिकारका अग्रदुत जसपाका बरिष्ठ नेता डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ भने त्यस्तै, अशोककुमार राई, राजेन्द्रप्रसाद श्रेष्ठ त्यतिकै अब्बल हुनुहुन्छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले बैशाख २७ गते सोमबार प्रतिनिधिसभाबाट बिश्वासको मत गुमाइससके पछी जसपामा मतभेदका दुई दृश्य अझ सशक्त बनेको अवस्था छ । केपी ओलिले प्रधानमन्त्रीमा अबिस्वासको मत पाएर काम चलाउ बन्ने बित्तिकै जसपाका एक अध्यक्ष उपेन्द्र यादवसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहालले सयुक्त रुपमा हस्ताक्षर गरि नेपालको संविधान २०७२ धारा ७६को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागी प्रारम्भ गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष निवेदन गरेका थिए र सो माग बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न बैशाख ३० गते राति ९ बजेसम्मको समय दिनुभएको छ ।

त्यस्तै जसपाकै अध्यक्ष महन्त ठाकुरले पनि सोही रात राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष प्रेस बिज्ञप्ती जारी गरेर जसपा र ओली नेतृत्वको सरकारबीच वार्ता सकारात्मक ढंगले अघि बढेको भन्दै मुद्दा सम्बोधनलाई ध्यानमा राखेको र कुनै पनि किसिमको बैकल्पिक सरकारको गठनमा पार्टी नरहेको बिज्ञप्तिमा उल्लेख गर्दै राष्ट्रपति कार्यालयलाई आफू नै प्रथम अध्यक्ष भएको र अध्यक्ष यादवको निर्णय आधिकारीक नभएको जानकारी समेत गराएकोले पार्टी दुई धारमा रहेको प्रष्ट हुन्छ ।

सत्ता र शक्तिमा रहेर जनतामाथि शासन र शोषण गर्न पल्केका साशकहरुका बीच बैकल्पिक पार्टीको रुपमा आफुलाई उभ्याउदै गएको पार्टीका यतिधेरै दिग्गज र अग्रगामी चिन्तन भएका नेतृत्वले आफू भित्र देखिएको आन्तरिक मतभेद मिलाउनु नसकेर एकाअर्कालाई दोषारोपण गरेर उम्कनु कसैलाई छुट छैन हुन्न । पार्टीले उठाएको आफ्ना माग र मुद्दाका बिरोधी कमजोर भएका बेला तिनको घाँटी निमोठेर रणनीतिक रुपमा अग्रगामी शक्तिहरुलाई समेत एक ठाउँमा ल्याएर आफ्ना मुद्दालाई राज्यबाट सम्बोधन गर्ने गराउने दिशामा अगाडि बढनु नेतृत्वको बुद्धिमानी हुन्छ ।

यति बेला संघीयता धर्मनिरपेक्षता पहिचान र अधिकार अर्थात अग्रगमनका बिरोधी प्रधानमन्त्री केपि शर्मा ओलि कामचलाउ प्रधानमन्त्रीका रुपमा कमजोर भएका छन् कमजोर भएकै बेला घाँटी निमोठ्ने हो । रात रहे अग्राख पलाउँछ भनेझैं, यो अवसरलाई हामीले थोरै भुल गरेर मौका दियौं भने रात रहे अग्राख पलाउछ भनेझैं केपि ओलि हाम्रो सानोतिनो कमिकमजोरी माथि खेलेर कमजोर भएको प्रधानमन्त्री मन्त्री केपि ओलि पुन शक्तिशाली बनेर फेरि पनि उत्पीडित जनताका पक्षधरलाई अझै धेरै समय उठ्नै नसक्ने गरि निमोठ्ने छन् र देश झन्झन् बिकराल रुपमा प्रतिगमन तिर धकेलिने छ ।

उत्पीडित जनताको शिर झुक्ने छ र उत्पीडक बर्ग समुदायको शिर ठाडो हुनेछ जसको कारण उत्पीडनका बिरुद्ध हाम्रा हजारौं सहिदहरुको अपमान हुनेछ भने अधिकारका पक्षमा आन्दोलनरत कम्जोर र निराशा हुनेछन् । जसपा नेपाले यस्तो किसिमको कमजोरी कुनै हालतमा गर्नेछैन र गर्नुहुन्न भन्ने आम उत्पीडित जनता पार्टीका नेता कार्यकर्ताको अपेक्षा हो ।

यसबेला जसपा नेपाल, अव सरकारको नेतृत्व गर्न र जनताको अधिकार सुनिश्चित गर्नेमा सबै नेता कार्यकर्ता एकमत हुन जरुरी छ एक भएर तत्कालको सँग मिलेर वा कसरी सरकार बनाउने भन्नेमा निर्णयक भुमिकामा छौ यहि बेला नेतृत्वले ठिक भुमिका खेल्ने हो नेतृत्व तत्काल एकमतका साथ सचेत र सजग भएर बुद्दिमानिका साथ सरकारको नेतृत्व लिन जरुरी छ ।

जसपा भित्रका आन्तरिक केही मतभेद जुन छ त्यती धेरै भिन्नता देखिन्न बरु बुझ्न र बुझाउनुको थोरै तौरतरिका नमिलेको हो । मतभेदमा तात्विक भिन्नता देखाउन कसरी चाँडो पार्टी उठाएको माग र मुदालाई सम्बोधन गर्ने गराउने र पार्टी भित्र आम नेता कार्यकर्तालाई लगाइएको झुट्टा मुद्दा खारेजी भन्ने नै हो भने के कुरामा भिन्नता छ र ?

पार्टी भित्र रहेको सामान्य मतभेद हटाएर पार्टीलाई द्रुत गतिमा अगाडि बढाउने एकतावद्द गराउने कामका लागि ६ जना पदाधिकारी नेता र कार्यकारिणी समितिको जिम्मेवारी हो । यदि त्यो बाट भएन सकिएन भने सिङ्गो केन्द्रिय समिति समेत छ यो बिषयमा पार्टीका उच्च लेवलका नेतृत्वको ध्यानाकर्षण होस भन्न चाहान्छु । यदि अर्को कुनै स्वार्थका उदेश्य राखेर देशलाई यथास्थितिमा राखिन्छ र प्रतिगामी तत्वकै हातमा देश जाने अबस्था हुन्छ र पार्टीले उठाएका माग र मुद्दालाई पछाडी राखिन्छ भने त्यो देश र जनता र पार्टी र आम नेताकार्यकर्ताको निम्ति दुर्भाग्य सिद्ध हुनेछ ।

हैन बर्तमान राजनीति परिस्थितिको सामना गर्न सकिदैन र पार्टीलाई हामीबाट तत्काल एकताबद्ध हाम्रो तहबाट हुनसक्दैन भन्ने नेतृत्वलाई लाग्छ भने त्यो भुमिका जसपाका युवा नेतृत्वलाई त्यो जिम्मेवारी हस्तान्तरण गरोस् जसपाका युवा नेतृत्व हामी तयार छौँ पार्टी भित्र भएका मतभेदलाई एकतबद्द गरेर पार्टीलाई एकताबद्द गरि पार्टीले उठाएका माग र मुद्दालाई अगाडि बढाउन सक्छौ यो जसपाका दोश्रो तहका युवानेता हामी सक्षम छौ यो मेरो दाबी हो ।

यस अर्थमा नेतृत्व हत्याएर नेतालाई पाखा लगाउने भने होइन बरु हाम्रो पार्टी जसपाका अग्रज नेतृत्वको बिज्ञतालाई शिरोपण गर्दै देश र जनताको बिकास र समृद्धिका लागि पार्टीलाई एकताबद्ध गरेन देशको नेतृत्व गर्ने स्थानमा पुर्‍याउने जसपाका दोश्रो पुस्ताका नेतृत्वको आत्मबिश्वासका साथ दावी हो ।

हैन भने अव पार्टीलाई नेतृत्व बीचको दुईधार मतभेद बनाएर देश पार्टी र नेता कार्यकर्तालाई बन्धक बनाउने र अनिर्णयको गतिमा लाने खेलको अन्त्य गरेर पार्टी भित्र बृहत छलफल बहस गरेर एउटै धारणा बनाएर पार्टीलाई अगाडि बढाउने र पार्टीका माग र मुदालाई सरकारबाट सम्बोधन गर्ने गराउने पहल तत्काल गर्दै सके देशको नेतृत्व हैन भने अन्य पार्टीसँगको सहकार्यमा सरकार निर्माणका लागि आजै अहिले नै पहल गरोस् ।

तसर्थ पार्टीका उच्चलेवलका सबैनेताहरु एक ठाँउमा बसेर बृहत् छलफल बहस गरि तत्काल समस्याको समाधानका उपायको निष्कर्स निकाली नयाँ सरकार गठन कालागि पहल कदम बढाउनु जरुरी छ । सबै नेता ज्युहरुको ध्यानाकर्षण होस । ध्यानाकर्षण भएको छ भन्ने बिश्वासका साथ अनुरोध गर्दछु ।

-दलमर्दन कामी,केन्द्रिय सदस्य एवं अध्यक्ष शिल्पी बिशेष प्रदेश राष्ट्रिय समिति