इटहरी/ नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञाको अवधीमा इटहरीभित्र २५ वटा अपराधका घटना भएका छन्। निषेधाज्ञा यो हालसम्मको अवधिमा इटहरीभित्र आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना हुन्।

लकडाउन शुरु भएदेखि यता ८ वटा आत्महत्याका घटना, जबरजस्ती करणीका ४ वटा घटना दर्ता भएका छन्। घटनामा संलग्न ५जनालाई पक्राउ गरी कार्वाही चलाएको छ। यस्तै ३वटा अभद्र ब्यवहार सम्बन्धी घटना दर्ता भएका छन यी घटनामा संलग्न ४जनालाई पक्राउ गरेर कारबाही गरिएको जनाइएको छ।

लकडाउनमै ४ वटा चोरीका घटना भएको र घटनामा संलग्न ५जनालाई पक्राउ गरेरर प्रहरीले कारबाही चलाएको छ। त्यस्तै कर्तव्य ज्यान र भवितब्य ज्यान सम्बन्धी एक एक घटना दर्ता भएका छन् भने घटनामा संलग्न ४जना पक्राउ परिसकेका छन्।

यस्तै बिभिन्न गतिविधिमा संलग्न २९जना पक्राउ परेर कारबाहीमा परेका छन्। जसमध्ये बालबिवाह गर्ने र गराउने ५जना, ज्यान मार्ने उद्योगमा एकजना, सवारी दुर्घटनामा संलग्न २जना, अंगभंगमा एकजना छन।