घरमा बसि बसि तालिम लिन पाउँदा इटहरीका महिला उत्साहित

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार १४, २०७८

सुनसरी/ घरमा बसि बसि तालिम लिन पाउँदा इटहरीका महिला दिदीबहिनी उत्साहित भएका छन् । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न चाहने महिला दिदीबहिनीलाई भर्चुअल प्रविधिवाट कौशी खेति सम्वन्धि तालिम प्रदान गरेको हो।

कोरोना महामारीका कारण भेला भएर कार्यक्रम गर्न सम्भव नभएपछि कौशी खेति गर्न गठित सातवटा समूहका १ सय ३४ जनालाई जुम प्रविधिमार्फत कौशी खेति गर्ने तरिका सिकाइएको इटहरी उपमहानगरपालिका कृषि शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिनुभयो।

इटहरी वडा नम्वर २०,४ र ६ नम्वर वडामा आफ्नै घरमा कौशी खेति गर्नका लागि समूह वनाएका सातवटा समूहका महिला दिदीबहिनीलाई गंगामाया अधिकारी र बिमला राईले तालिम दिनुभएको हो ।

तालिममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले आफूले गरेको कौशी खेतिको अनुभव बारेमा जानकारी गराउनुभयो । उहाँले कौशी खेतिको महत्व र फाइदका वारेमा पनि प्रकाश पार्नुभयो । जुम प्रविधिबाट भएको तालिमका सहभागिहरु उत्साहित भएको कृषि शाखा प्रमुख अधिकारीले बताउनुभयोे ।

तालिममा सहभागि इटहरी ६ को उर्जाशिल कौशी कृषक समूहकी लक्ष्मी बरालले घरमै बसिबसि तालिममा सहभागि भएर कौशी खेति गर्ने तरिका सिक्न पाउँदा आफ्नो समूहका १९जना खुशी भएको बताउनुभयो । घरको छतमै अर्गानिक सब्जि फलाएर उपभोग गर्न आफूहरु हतारिएको उहाँले प्रतिक्रिया दिनुभयो ।

उपमहानगरले तालिम लगायत सहयोग गरेकोमा उहाँले धन्यवाद समेत दिनुभयो । इटहरी उपमहानगरपालिकाले कौशी खेति गर्न गठित महिला समूहलाई प्रति समूह २ लाखका दरले सहयोग उपलब्ध गराउने शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

कौशी खेति गर्नका लागि आवश्यक सामाग्री खरिदका लागि रकम उपलब्ध गराइने छ । थप एक लाखको कौशी खेतिका लागि बिउ खरिद गरेर कृषि महिला समूहलाई दिइने उहाँले जानकारी दिनुभयो ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved