बिराटनगर/ नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ। बन्धनको ओपीसी, पीएससी र पीपीसी सिमेन्टमा सर्वसाधारणको बिश्वास देखिएको हो।

उत्पादनको शुरुवात देखि नै आक्रामक बजार बिस्तार गरिरहेको कम्पनीको सिमेन्ट समेत गुणस्तरीय भएकोले लोकप्रिय भईरहेको छ। बन्धन सिमेन्टले लकडाउनको अवधिमा समेत उत्पादन निरन्तर गरिरहेको छ।

बन्धन सिमेन्ट पूर्वी नेपालको सबैभन्दा ठुलो उद्योग हुनुका साथै राम्रो बजार बिस्तार भएको र गुणस्तरीय सिमेन्टका रुपमा रहेको कम्पनीका अध्यक्ष मनिष कुमार मारुले जानकारी दिनुभयो। अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्चस्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको मारुले जानकारी दिनुभयो।

सिमेन्टको उत्पादनमा आफूहरूले गुणस्तरमा मुख्य जोड दिएकोले ग्राहकहरुको बिश्वास जितेको बताउनुभयो। बढ्दो सिमेन्टको मागलाई मध्यनजर गर्दै गुणस्तरीय सिमेन्ट उत्पादन गरी मागको पूर्ति गर्ने उद्देश्यले उत्पादनमा जोड दिएको कम्पनीका प्रबन्ध निर्देशक हरिवंश राठीले जानकारी दिनुभयो।

राठीले ग्राहकहरुको भावनालाई मध्यनजर गरी स्तरीय र वातावरणमैत्री सिमेन्ट उत्पादन गरेको जानकारी दिनुभयो। यता इटहरीका राम दाहालले बन्धन सिमेन्ट निकै भरपर्दो रहेको बताउनुभएको छ। आफ्नो घरमा पनि बन्धन सिमेन्ट नै प्रयोग गरिरहेको बताउँदै उहाँले सम्पूर्णलाई यसको प्रयोगको सुझाव दिनुभयो।

राम एक पात्र मात्र हुन् उनी जस्ता थुप्रैले आजभोलि बन्धन सिमेन्ट नै रोज्ने गरेका छन्। यस्तै, धरानका हरि तिम्सिनाले पनि बन्धन सिमेन्टको प्रयोग आफूलाई मन परेको बताउनुभएको छ। उहाँले भन्नुभयो, बन्धन सिमेन्टकै प्रयोग गरेर म आफ्नो घर बनाउँदैछु। ओपिसी, पिएससी र पिपिसी तीन किसिमकै सिमेन्ट उत्पादन गर्ने भएकाले सबै प्रकारका सिमेन्ट एकै ठाउँमा पाइन्छ र सहज हुने गरेको छ। तपाईहरु पनि यहीँ सिमेन्टको प्रयोग गर्नुहोस् भरपर्दो छ। उहाँले सबैलाई बन्धन सिमेन्टको प्रयोग गर्न सुझाव दिनुभएको छ।