सुनसरी/ बुधबार(आज) बिहान १ बजेतिर कोशी बाँध हुँदै प्रकाशपुर तर्फ आउने सवारी साधनमा गाँजा निर्यात हुँदैछ भन्ने प्रहरीलाई ‘सुचना’ प्राप्त हुन्छ । प्रहरीलाई प्राप्त ‘सुचना’मा भनिएको थियो । बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे चोक नजिकै चतराबाट कोशी बाँध हुदै प्रकासपुर तर्फआईरहेको सवारी साधनमा गाँजा लगिदैछ।

प्रहरीलाई गोप्य ‘सुचना’ प्राप्त भएपछि सोहि सुचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलि खटिएको थियो । रातको समयमा अनपेक्षीत रुपमा प्रहरीको चेकिङ देखेपछी प्रहरी चेकिङ्ग भएतिर आउँदै गरेको को. २ च ११२ मारुती भ्यान र को. २ प. ३५०२ नम्बरको मोटरसाईकलमा रहेका मानिस तत्काल भागेका थिए। प्रहरी टोलीले पिछा गर्दै जाँदा २ जनालाई नियन्त्रणमा लियो ।

प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टीका २३बर्षीय भुपेन राय र रामधुनि नगरपालिका–७ का २५बर्षीय अमिर लिम्बुलाई नियन्त्रणमा लिएको छ ।प्रहरीको टोलीले चेकिङका क्रममा मारुतीभेनबाट ५ वटा बोरामा १ सय ५०केजी गाँजा र एउटा नक्कली पेस्तोल फेला पारेको छ । प्रहरीले को २ प ३५०२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । pestol

पक्राउ परेकाहरु बिरुद्द लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही प्रकृया अगाडी बढाई आवश्यक अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ । उनिहरुले मोटरसाइकलले स्कटिङ गरेर गाँजा प्रकाशपुर तर्फ ल्याउँदै थिए । उनिहरुले साथमा प्लाष्टिकको नक्कली रिभल्भर समेत बोकेका थिए । उनीहरुको साथबाट बरामद भएको नक्कली रिभल्भर कसैलाई डर देखाउन बोकेको हुन सक्ने प्रहरीको अनुमान छ ।

गाँजा तस्करीमा संलग्न अन्य दुईजना भने फरार भएको र उनीहरुको प्रहरीले खोजी गरिरहेको छ । बरामद भएको गाँजा भारतीय सीमासम्म लान खोजिएको र प्रहरीको सकृयताका कारण नियन्त्रणमा लिन सफल भएको सुनसरी प्रहरीले जनाएको छ ।