बिराटनगर/ असार १९ गते मध्यरात बिराटनगर ४ नोबेल अस्पताल कम्पाउण्डबाट मोरङको केराबारीका दुईजना पक्राउ परेका छन् । केरावारी १०का २४ बर्षीय सरोज बस्नेत र २७ बर्षीय आशिष सुनाम पक्राउ परेका हुन् ।

नोबेल अस्पतालको कम्पाउण्डमा लागूऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई फेला पारेको हो। लागुऔषध सेवन गरिरहेका उनिहरुलाई नियन्त्रणमा लिएपछि उनिहरुको शरिर खानतलासी गर्दा प्रहरीले आशिषको साथबाट लागूऔषध LUPIGESIC-८ एम्पुल, PHENERGAN-७ एम्पुल र DIAZELAB-८ एम्पुल फेला पारेको थियो।

लागुऔषध बरामद भएपछि उनिहरुलाई पक्राउ गरी लागूऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी निरिक्षक मिलन थापाले जानकारी दिनुभयो ।