इटहरी/ सुन्दरहरैँचा नगरपालिका ६का २१ बर्षीय दिलिप श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । १५बर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका श्रेष्ठ सोमबार पक्राउ परेका हुन् ।

जेठ २० गते १५बर्षीया बालिकालाई ललाईफकाई इटहरी ५मा बसोबास गर्ने आफन्तको ल्याएर श्रेष्ठले जवरजस्ती करणी गरी फरार भएका भएका थिए । फरार श्रेष्ठको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलिले असार २१ गते साँझ ७ बजे लुकेर बसेको अबस्थामा सुन्दरहरैचा-६बाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई जवरजस्ती करणी सम्बन्धि मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले बताउनुभयो।

गरिबीको फाईदा उठाउँदै बलात्कार
बलात्कृत बालिकासँग श्रेष्ठको पहिलादेखि नै चिनजान थियो । न्युन आय भएकी बालिकालाई श्रेष्ठले बिभिन्न प्रलोभनमा पारेका थिए । पहिला नै बिवाहित रहेका दिलिपले बालिकालाई विवाह गर्ने आश देखाएर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

श्रेष्ठले इटहरी ५मा रहेको उनका आफन्तको ल्याएर २ दिन राखेर बालिकालाई बलत्कार गरेका थिए । त्यसपछि फरार रहेका श्रेष्ठलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।