इटहरी/ झट्ट हेर्दा कुनै पाटीमा सहभागी हुन गएको जस्तो पहिरन, प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको एनएस बाइकमा सवार युवकले कोर्ट पाईन्ट अनि पछाडी सवार युवतीले लेहेङ्गा लगाएकी । अनि साथमा गिफ्ट र्‍याप गर्ने प्लाष्टिकले बेरिएको कार्टुन ।

कसैले शंका नगरोस भनेर गाँजाको ओसार पसार गर्ने युवायुवतीको पहिरनको बिषय हो माथी उल्लेखित बिषय । सोमबार साँझ इटहरी १२ खनारमा प्रहरीले नियन्त्रणमा लिएको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको एनएस बाइकमा सवार दम्पतिको माथी उल्लेखित हुलिया ।

निकै ठुलो परिमाणमा इटहरी तर्फ गाँजा आउँदै गरेको इटहरी प्रहरीलाई आईतबार अघि नै पूर्व ‘सुचना’ प्राप्त भएको थियो। यस्तो ‘सुचना’ पाएपछि इटहरी प्रहरीले आइतबार इटहरी प्रवेश गर्ने सम्भावित सबै नाकामा चेकजाँच बढाएको थियो । गाँँजा आउँदै गरेको ‘सुचना’ पाएको भएपनि आइतबार प्रहरीले त्यस्तो कुनै ‘क्लु’ नै पाएन नत कुनै संकाष्पद गतिविधि नै ठम्यायो ।

तर प्रहरीलाई मोटरसाईकल गाँजा तस्करी गर्ने मोटरसाईकलको ‘क्लु’ भने थियो । यसर्थ प्रहरीले सोमबार पनि बिहानैदेखि इटहरी प्रवेश गर्ने सबै नाकामा बिशेष निगरानी बढाएको थियो । सोहि क्रममा सोमबार साँझ कोसी राजमार्ग अन्तरगत इटहरी १२ स्थित खनार चोकमा जाी चेकजाँचकै क्रममा बाइकमा सवार कोर्ट पाईन्ट लगाएका युवा अनि लेहेङ्गा लगाएकी युवती मोटरसाईकलमा देखिन्छन त्यो मोटरसाईकल भने प्रहरी पाएको ‘क्लु’ अनुसार कै हुन्छ ।

ita gaja
प्रहरीले नियन्त्रणमा लिएका राई दम्पत्ति र भारतीय नागरीक गाँजा अनि मोटरसाईकलसहित, तस्विर सौजन्य:नेपाल प्रहरी

झट्ट हेर्दा कुनै पाटीमा सहभागी हुन गएको जस्तो पहिरन देखेपनि प्रहरीले उनिहरुलाई रोक्छ तर उनीहरुको हाउभाउ भने संकाष्पद लाग्छ । त्यसपछि प्रहरीले उनिहरुले बोकेको झट्ट हेर्दा कुनै गिफ्ट प्याक गरेको जस्तो लाग्ने कार्टुनको खानतलासी गर्न खोज्दछ ।

मोटरसाईकलमा सवार हुन्छन धनकुटा साँगुरीगढी गाउँपालिका वडा नम्बर ८ घर भई इटहरी ४ मा बस्दै गरेका २७ बर्षीय दीपेन्द्र राई र राईकै श्रीमती २५बर्षीया शर्मिला राई हुन्छन । अनि उनिहरु आफन्तकोमा जन्मदिन मनाउन हिँडेको भन्दै आँफुहरुलाई नरोक्न आग्रह गर्दछन् । उनिहरुले संका नहोस भनेर कार्टुनलाई र्‍यापिङ पेपरले बेरेर कार्टुनमा ‘हेप्पी वर्ड डे’ पनि टाँसेका हुन्छन् ।

उनिहरुले प्रहरीलाई कार्टुन छुन रोकेपछि प्रहरीले उनिले बोकेको कार्टुन खोलेर खानतलासी गर्दछ अनि फेला पर्छ १७ पोका गाँजा । त्यसपछि प्रहरीले मोटरसाईकलको लेगगार्डमा झुण्ड्याएको जेब्रा झोला पनि खानतलासी गर्दछ त्यहाँ पनि प्लाष्टिकमा प्याक गरेको ४ पोका गाँजा फेला पार्दछ ।

त्यसपछि त्यो २१ पोका गाँजा प्रहरीले बरामद गरेर दम्पतिलाई नियन्त्रणमा लिन्छ । उनिहरुको साथबाट प्रहरीले २१ केजी गाँजा बरामद गरेको हो। प्रारम्भिक अनुसन्धानमा गाँजा बिराटनगर पुर्‍याउन गएको र गाँजा लिन अरु मानिस आउने बुझेपछि लिन आउनेलाई पनि नियन्त्रणमा लिने प्रहरीले योजना बनाउछ । यसको कमान्ड इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसी आफै गर्छन् ।

त्यसपछि गाँजा लिन आउनेहरुलाई दम्पतिमार्फत फोन गरेर खनार आउन आग्रह गरिन्छ । त्यसपछि गाँजा लिन आउने भारतको अररीया जिल्ला जोगवनी थाना पिपरा पञ्चायत ०६ बिसनपुर बस्ने ३० बर्षीय टुनटुन यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिन्छ । राई दम्पतीले गाँजा ओसार पसार गर्ने र पक्राउ परेका यादवले सो गाँजा भारतमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इटहरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको इटहरी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले लागुऔषध बिरुद्वको अभियान जारी रहेको जानकारी दिनुभयो।

लागुऔषध कारोबारी र सेवनकर्ता बिरुद्व खरो रुपमा उत्रिएको इटहरी प्रहरीले अभियानलाई अझ शशक्त बनाउँदै लाने जनाएको छ । प्रहरीले लागुऔषध बिरुद्वको अभियानलाई सुस्ताउन नदिने उद्घोष गरेको छ।