सुनसरी/ सुनसरीको इटहरी १६ मा शनिबार देखि भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । इटहरी १६ लबिपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्टोरको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । IMG_1365

उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन समुहका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको र इलेक्ट्रोनिक आइटममा २० प्रतिशतसम्म छुट दिने जनाईएको छ । IMG_1344

डेढ बिगाहा जमिनसहित इटहरीको भाटभटेनीमा ३अरव रुपैया लगानी रहेको र मनोरञ्जन स्थलसहितको किनमेलको केन्द्र बनाइएको छ । जहाँ अत्याधुनिक सिनेमा हल, बालबालिकाका लागि प्ले ग्राउण्ड, फाउण्डेन, केएफसी, हिमालयन जाभा लगायत काठमाडौंको आँगन रेष्टुरेन्ट समेत रहेको छ । IMG_1328

उद्घाटनका अवसरमा इटहरीको भाटभटेनीमा उपभोक्ताको भीड लागेको छ । इटहरीलगायत पूर्वका धेरैजसो ठाउँका उपभोक्ता भाटभटेनी पुगेका छन् । IMG_1348

उद्घाटनपछि सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनी सुपर मार्केटले गुणस्तरीयतामा बिशेष ध्यान दिएको बताउँदै उपभोक्ताको स्वास्थ्य प्रति कम्पनी सदैव सचेत रहने बताउनुभएको छ । पूर्वी नेपालको बजारलाई लक्षित गर्दै इटहरीमा नेपालकै ठूलो भाटभटेनी सुपर मार्केट निर्माण गरिएको गुरुङको भनाई छ। IMG_1334

सामान्य कोल्ड स्टोरबाट शुरु भएको भाटभटेनीलाई सुपरमार्केटमा परिवर्तन गरेर देशब्यापी बनाएसँगै आम उपभोक्ताले एकै छानामुनी १५ हजार बढी सामानहरु छानीछानी खरिद गर्ने अवसर मिलेको गुरुङ्गको भनाई छ । मीनबहादुर गुरुङले बैंकको जागिर छाडेर साढे तीन दशक अगाडी सामान्य कोल्ड स्टोरबाट काठमाडौंको नक्सालमा भाटभटेनीको शुरुवात गर्नुभएको थियो ।