इटहरी/ गएको भदौ २१ गते बिहान संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका कार्की परिवारको हत्याको बिषयमा ट्विष्ट आएको छ ।

घटनामा संलग्न भएको आरोपमा अरु ४ जनालाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोमबार (आजै) सार्वजनिक गरेको छ । प्रहरीले घटनाका मुख्य योजनाकार स्थानीय लालबहादुर कार्कीको ४७ बर्षीय छोरा खड्ग बहादुर कार्की, खड्गबहादुरका २८बर्षीय छोरा हस्त बहादुर, यसअघि नै पक्राउ परेका लोकबहादुरका बुवा ४९ बर्षीय रणबहादुर र लोकबहादुरका भाई १७ बर्षीय नरेश कार्कीलाई सार्वजनिक गरेको हो।

थप समाचारका लागि यो पढ्नुहोस

मादि हत्याकाण्डमा नयाँ ट्विष्ट, प्रहरीले पत्ता लगाईहाले लोकबहादुरले स्विकार्ने थियो पाँचैजनाको सल्लाह