सुनसरी/ होटल तथा लज ब्यवसायी समिति इटहरीले बुधबार(आज) देखि औपचारिक रुपमा कार्यालय सञ्चालनमा ल्याएको छ। बुधबार एक कार्यक्रम गरेर समुद्घाटन गर्दै समितिले कार्यालय सञ्चालनमा ल्याएको हो।

इटहरीस्थित बिराटनगरलाईनमा कार्यालय सञ्चालनमा ल्याईएको समितिका अध्यक्ष उमानाथ दाहाल(उमेश)ले जानकारी दिनुभयो। कार्यालय अभावका कारण समस्या भईरहेका बेला कार्यालय स्थापना भएपछि कार्यसम्पादनमा सहजता आउने अध्यक्ष दाहालको भनाई छ। IMG_1491

बुधबार कार्यालय समुद्घाटन कार्यक्रममा प्रदेश एकका सांसद लिलम बस्नेत, पर्यटन वोर्डका सदस्य कृष्ण साहलगायत उपस्थित थिए।

२०५३सालमा स्थापना भएको होटल तथा लज ब्यवसायी समिति बीचमा होटल ब्यवसायी संघको ब्यानरमा सकृय थियो।

ब्यवसायीहरुका बीचको आन्तरीक टसलका कारण केहि समय अघि होटल तथा लज ब्यवसायी समिति पुनर्गठन गरिएको हो।