इटहरी/ प्राइड हस्पिटालिटी प्रा.लि.ले इन्टरनेटमार्फत होटल बुकिङ गर्ने सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। प्राइड हस्पिटालिटीले शनिबार इटहरीस्थित गोरखा होटलमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो।

प्राईडले इन्टरनेटमार्फत होटल बुकिङ गर्ने सेवा प्रदान गर्नका लागि प्राइड क्लिक्स सञ्चालनमा ल्याएको जानकारी दिँदै प्राइड क्लिक्स्मार्फत वेवसाइट र मोवाइल एप प्रयोग गरि नेपाल भरिका उच्च गुणस्तरीय होटलहरु बुकिङ गर्न सकिने जानकारी गराइएको छ।

IMG_1634
प्राईड क्लिक्सको बारेमा जानकारी दिँदै प्राईड हस्पिटालिटीका अध्यक्ष नितेश पोख्रेल

यसअघि देखि नै वेवसाइटमार्फत होटलहरुको विवरण हेरेर बुकिङ गर्न सकिने व्यवस्था मिलाइ सकिएको र चाँडै मोवाइल एपमार्फत सो सुविधा दिने तयारी भइरहेको कम्पनीले जनाएको छ।

शुरुमा उच्च गुणस्तरीय सुविधा युक्त होटलहरुलाई प्राइड क्लिकमा सूचिकृत गरेर सेवा प्रदान गरिने र बिस्तारै अन्य होटलहरुलाई पनि सुचिकृत गर्दै जाने योजना अनुसार अघि बढेको प्राइड क्लिक्सका अध्यक्ष नितेश पोखरेलले जानकारी दिनुभयो।

सेवामा सूचिकृत हुनका लागि बिदेशी कम्पनिहरुले निश्चित शुल्क लिने गरेकोमा प्राइड क्लिकले भने निःशुल्क सूचिकृत गर्ने व्यवस्था मिलाएको र ग्राहकलाई पनि होटलमा गएर कोठ बुक गरे भन्दा शुलभ दरमा कोठा उपलब्ध गराइने अध्यक्ष पोखरेलको भनाइ छ।

IMG_1622
कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम सञ्चालक

बिदेशी कम्पनीहरुले यो सेवा प्रदान गरेर नेपाली पैसा बिदेश लगिरहेको सन्दर्भमा स्वदेशी कम्पनीले नै सेवा शुरु गरेपछि त्यो कार्य रोक्न मद्दत पुग्ने भन्दै उहाँले बिदेशबाट नेपाल आउन चाहनेहरुले पनि यो एपमार्फत होटलहरुको विवरण हेरेर कोठा बुक गर्न सकिने व्यवस्था गरिएको बताउनुभयो ।

ग्राहकले हरेक पटकको सेवा लिएवापत रिवार्ड पोइन्ट पाउने र सो पोइन्टबापत निशुल्क सेवा उपलब्ध गराइने उहाँको भनाई छ । हालसम्म नेपाल भरिका ८० वटा होटल सूचिकृति भइसकेको र पूर्वका गोरखा, गरिमा, त्रिवेणी रिसोर्ट, गोकर्ण रिसोर्टलगायतका होटलहरुमा सो सेवा सुरु भएको कम्पनीले जनाएको छ।