बेलबारी/ इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले १ ग्राम ९सय मिलिग्राम ब्राउन सुगरसहित केराबारी ७ मुगुका एकजना यूवालाई नियन्त्रणमा लिएको छ। बेलबारी प्रहरीले बिशाल लिम्बुलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

बिशेष सुचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेलबारीको बिशेष टोलिले ३०बर्षीय लिम्बुलाई केराबारी ७ स्थित निर्माणाधिन वडा कार्यालय नजिकैबाट नियन्त्रणमा लिएको बेलबारी प्रहरीले जनाएको छ।

ब्राउनसुगरसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान गरिरहेको बेलबारी प्रहरीले जनाएको छ।