सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा ९ बिराट चोकबासीका लागि चिरपरिचित नाम हो गोबिन्दप्रसाद अधिकारी । २०५९सालदेखि बिराटचोकमा बिभिन्न ब्यवसाय सम्हाल्दै आएका छन् अधिकारीले । IMG_1655

२०३८ सालमा तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रेमा जन्मिएका अधिकारीले २०४९ साल देखिनै पिता भिमप्रसाद अधिकारी(भोला)को ब्यवसायमा सहयोगीको भूमिका निर्वाह गर्दै ब्यवसायीक अनुभव हासिल गरेका थिए। IMG_1645

२०५९सालमा मोरङ्गको बिराटचोक आएका अधिकारी बिराटचोक नजिकै बुधबारे भन्ने ठाउँमा कुटानी पिसानी ब्यवसाय शुरु गरेका थिए। आफ्नै स्वामित्वमा कुटानी पिसानी र ट्याक्टर ब्यवसाय शुरु गरेका अधिकारीले त्यसपछि भने समयानुकुल ब्यवसायलाई परिवर्तन गर्दै आएका छन्। IMG_1641

बिराटचोकमा नै टिभिएस मोटरसाईकल शोरुम अनि सुन पसल सञ्चालन गरिरहेका अधिकारीको बिराटनगर लाईनमा रहेको सुनपसल अधिकारी सुनचाँदी खरिद तथा बिक्रि केन्द्र हो। IMG_1650

एक दशकदेखि अविछिन्न रुपमा सुनपसल सञ्चालन गर्दै आएका अधिकारीले पछिल्लो समय भने गत भाद्र ३१ देखि SEMIOTIC TRADERS सञ्चालन गर्दै आएका छन्। SEMIOTIC TRADERS मा एप्पल कम्पनिका सबै सामान पाईने अधिकारीको भनाई छ। IMG_1653

SEMIOTIC TRADERS मा एप्पलको घडि, ल्यापटप, हेडफोनका अतिरिक्त मोवाईल उपलब्ध छन्। SEMIOTIC TRADERS मा ड्रोन क्यामेरा, गोब्रो, गिम्बल, आदि पाईने सञ्चालक गोबिन्द बताउँछन्। IMG_1659

यस्तै ग्रियसी कम्पनिको आधिकारिक बिक्रेता रहेका अधिकारीले SEMIOTIC TRADERS मा मोवाईलका सम्पुर्ण ब्राण्डहरु पाईने बताएका छन्।