इटहरी/ नेकपा एमाले इटहरीको अध्यक्षमा याम सुब्बा निर्विरोध चयन हुनुभएको छ। बिहिबार मनोनयन दर्ताका क्रममा सुब्बाको मात्र उम्मेद्वारी परेपछि सुब्बा निर्बिरोध  चयन हुनुभएको हो।

यसैगरी उपाध्यक्षमा अघिल्लो कार्यसमितिका सचिव दुखीलाल चौधरी पनि निर्विरोध चयन हुनुभएको छ। यस्तै केहि पदहरु (नगर सदस्य) मा पनि निर्बिरोध भएको छ।

यस्तै सचिव र दुईजना उपसचिवलगायतका पदहरुमा बिहिबार (आज) मनोनयन दर्ता गरेर शनिबार चुनाव गरिने भएको छ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल इटहरी उप–महानगर कमिटी अध्यक्ष कमलजंग दाहाल(बिट्टु), होटल तथा लज ब्यवसायी समितिका अध्यक्ष उमेश दाहाल ब्यापारी शाखाबाट र समितिकै सदस्य धनमाया श्रेष्ठ(लिम्बु) वार्ड नं २ तालतलैया एरियाबाट,राष्ट्रिय युवा संघ नेपाल इटहरीका सह–इञ्चार्ज राजेश आठपारे राई सदस्यमा सर्बसम्मत चयन हुनुभएको छ।