इटहरी/ किराँत नेवाहाङ्ग राई समाज केन्द्रिय कार्यसमितिको इटहरीमा सम्पन्न साधारण सभाले छत्रबहादुर नेवाहाङ्ग राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सुनसरीको इटहरीस्थित किराँत राई यायोख्खाको तायारिप्ची भवनमा शनिबार भएको साधारणसभाले १३सदस्यीय समिति चयन गरेको हो। IMG_2227

समितिको उपाध्यक्षमा भिमा नेवाहाङ्ग राई र केदार नेवाहाङ्ग राई चयन भएका छन्। यस्तै महासचिवमा पूर्णबहादुर नेवाहाङ्ग राई सचिवमा भुवानसिंह नेवाहाङ्ग राई यस्तै सहसचिवमा शुक्रराज नेवाहाङ्ग राई र कोषाध्यक्षमा फुलथुङ्गा राई चयन भएका छन्। IMG_2231

यस्तै सदस्यहरुमा सुजता नेवाहाङ्ग राई, नयन नेवाहाङ्ग राई, जनक नेवाहाङ्ग राई, सीता नेवाहाङ्ग राई, देप्सन नेवाहाङ्ग राई, उज्वल नेवाहाङ्ग राई चयन भएका छन्। IMG_2229 IMG_2230