बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पहिलो चरणमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १,२,३,४,५ र ७ का सामुदायीक र निजि बिद्यालयका आधारभूत तह १–३ मा अध्यापन गर्ने ३६ जना शिक्षकलाई योग प्रशिक्षण प्रदान गरेको छ।

कार्तिक ११ गते देखि १६गतेसम्म बराहक्षेत्र –२ को सभाहलमा तालिम सञ्चालन भएको तालिममा प्राबिधिक सहयोग जीवन बिज्ञान योग प्रशिक्षण, नगर समिति बराहक्षेत्र, सुनसरीको रहेको थियो।

प्रशिक्षणमा प्रशिक्षकहरुमा कमलनाथ दहाल, केदारमान कार्की, टि.पि. बराल, सुशीला मैयाँ शाही कार्की, रमा बराल, बिश्वनाथ भट्टराई, शुष्मा हमाल, अनिल कर्ण, सन्देश थापा र रमेश बिष्ट हुनुहुन्थ्यो। teacher

तालिम अवधीभर आदर्श मा.बि.चतराका सहायक प्र.अ. ज्ञानु पाण्डेले सबैलाई हास्यकलाका माध्यमबाट भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

पाठ्यक्रममा आधारित रहेर दिईएको योग प्रशिक्षण तालिम नेपाल मै पहिलो तालिम भएको प्रशिक्षक कमलनाथ दाहालले बताउनुभएको छ। तालिम बापत प्राप्त यातायात खर्चलाई प्रशिक्षक र प्रशिक्षार्थीले बराहक्षेत्र –८को निर्माणाधीन जीवन बिज्ञान प्रयोगशाला भवनका लागि प्रदान गर्नुभएको छ ।

मंगलबार भएको समापन कार्यक्रम शिक्षा शाखा प्रमुख देबेन्द्र बहादुर मल्ल सभाध्यक्ष र बराहक्षेत्र न.पा.का नगर प्रमुख निलम खनालको प्रमुख आतिथी हुनुहुन्थ्यो ।