इटहरी/ नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्। पौडेल–कोईराला पक्षका भण्डारीले देउवा पक्षीय संजय प्रसाद श्रेष्ठलाई १ सय १३ मतान्तरले पराजित गरेका हुन्। सभापतिमा निर्वाचित भण्डारीले १ हजार ४ सय २२ मत ल्याउँदा श्रेष्ठले एक हजार ३ सय ९ मत प्राप्त गरेका छन्।

यस्तै उपसभापतिमा नगेसचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन्। राईले एक हजार ३ सय ३५ मत प्राप्त गरेका छन् भने महतोले १ हजार ३ सय १३ मत प्राप्त गरेका छन्। उपसभापतिमा उम्मेद्वार बनेका हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले एकहजार २ सय ९७ मत प्राप्त गरेका छन् । यस्तै अर्का सभापतिका उम्मेद्वार महेश दत्तले एक हजार एकसय ६६ मत प्राप्त गरेका छन्। nnnn

त्यसैगरी सचिवमा माधव कुमार घिसिङ र बिरेन्द्र कुमार साह निर्वाचित भएका छन्। घिसिङले एक हजार २ सय २९ मत प्राप्त गरेका छन् भने साहले एक हजार ४ सय ६७मत प्राप्त गरेका छन्। सचिवका प्रत्यासी रन्जेस भट्टराईले एकहजार २ सय २८मत प्राप्त गरेका छन् भट्टराईले प्राप्त गरेको मत सचिवमा निर्वाचित भएका घिसिङको भन्दा एक मत कम हो। यस्तै सचिवका अर्का प्रत्यासी प्रमोद कुमार पोख्रेलले एकहजार ९२ अनि रमेश पालले ९२ मत प्राप्त गरेका छन्।

यस्तै सहसचिवमा गणेश सुब्बा र मनिष कुमार राय निर्वाचित भएका छन्। सुब्बाले एक हजार ३ सय ५ मत प्राप्त गरेका छन् भने रायले एक हजार १ सय ७७ मत प्राप्त गरेका छन्। सहसचिवका प्रत्यासी गिरिधारी प्रसाद साहले एकहजार ४३ मत, रमेश कटवालले २ सय ६७ मत र सुनिल कुमार साहले १हजार ७० मत प्राप्त गरेका छन्।

यसैगरी अपाङ्गता भएकाहरुको तर्फबाट केन्द्रिय महाधिबेशन प्रतिनिधीमा उपेन्द्र प्रसाद मेहता १ हजार ३ सय ६४ मतका साथ निर्वाचित भएका छन्। सोहि पदमा उम्मेद्वार बनेकी सबिता सुबेदीले १ हजार १ सय ७६ मत प्राप्त गरेकी छन्।

यसैगरी अपाङ्गता भएकाहरुको तर्फबाट प्रदेश महाधिबेशन प्रतिनिधीमा देबेन्द्र पौडेल एक हजार १ सय ६३ मतका साथ निर्वाचित भएका छन्। यो पदका प्रत्यासी गोपाल(कालुराम) राईले एक हजार ९० मत, डा.बिसम्बर यादवले २ सय ६४ मत र जयनारायण सिंह दनुवारले ६७ मत प्राप्त गरेका छन्।