धनकुटा/ नेपाली कांग्रेस धनकुटाको सभापतिमा देउवा पक्षीय दिनेश राई निर्वाचित भएका छन्। बुधबार बिहान सार्वजनिक मत परिणाम अनुसार राईले पौडेल–कोईराला पक्षीय कमोठ फागोलाई ३४ मतान्तरले पराजित गरेका हुन्।

यसअघिको जिल्ला कार्यसमितिमा कोषाध्यक्ष रहेर अहिले सभापतिमा निर्वाचित राईले ५सय ४ मत प्राप्त गरेका छन् भने फागोले ४ सय ७० मत ल्याएका छन्।

यसैगरी धनकुटा कांग्रेसको उप–सभापतिमा ४ सय ६६ मतसहित सुनिल डंगोल र ४सय ३० मतसहित निर्मल ओझा बिजयी भएका छन्। यस्तै सचिवमा ६सय २६ मतसहित बिजयसन्तोषी राई र ४सय ३९ मतसहित जयन्द्र घिसिङ्ग बिजयी बनेका छन्। त्यस्तै सह–सचिवमा ५सय १८ मतसहित रोशन श्रेष्ठ र ४सय ६६ मतसहित गिरिजा दाहाल बिजयी भएका छन्।

पदाधिकारीहरुका आकांक्षी कसले कति ल्याए मत
यसैगरी कांग्रेस जिल्ला उपसभापतिमा प्रतिष्पर्धा गरेका रमेश ईवाहाङले ४ सय १० मत प्राप्त गरेका छन् भने उपसभापतिमा नै प्रतिष्पर्धा गरेका सन्तोष तामाङले ४ सय मत प्राप्त गरेका छन्।

यस्तै सचिवमा प्रतिष्पर्धा गरेका राजेन्द्र पौडेलले ३सय १४ मत प्राप्त गरेका छन् भने सचिवका अर्का आकांक्षी तीर्थ राईले ३ सय ९२मत प्राप्त गरेका छन्। यस्तै सह–सचिवका आकांक्षी झडेन्द्र खतिवडाले ३ सय ३१ मत र अम्बिका राईले ४ सय १८ मत प्राप्त गरेकी छन्।

धनकुटा कांग्रेसको सभापति भएका राई र उपबिजेता बनेका फागो बेग्ला–बेग्लै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए।

तस्विर श्रोत : संगालो खबर