धरान / चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डले धरानमा “टुबोर्ग मेगा लाइभ कन्सर्ट”मा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएको छ। रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डले पौष ३ गते शनिबार प्रस्तुत गर्ने भएको हो।

रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङ अहिले “रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल”को शुटिङमा व्यस्त छन्। बिभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका तामाङको केटा –केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबजी, जति माया लाएपनीलगायतका गीतहरु चर्चित छन्। robin

चार बर्ष अघि न्यु यर इभ कन्सर्टमा धरान आएका गायक रबिन तामाङ धरानको दर्शकहरुको माया हरेक पटकको कन्सर्टमा सँधै बढिरहेको पाएको बताउंदै उनि भन्छन–लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु ।

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा हुन लागेको कन्सर्टमा रबिन एण्ड द न्यु रेभुलेसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टार कि प्रतियोगी हुन्।

कोभिडको कारणले दुई बर्षदेखि कुनैपनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ ।

टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ भईसकेको छ । rabin tamanag