इटहरी/ सुनसरीको इटहरीमा बसोबास गर्ने मनिला ढकाल १८ बर्षकी भईन । त्यसो त उनि बिराटनगरस्थित ब्राइट भिजन कलेजमा स्नातक प्रथम बर्षमा अध्ययनरत छिन ।

ढकाल अहिले ड्रिम्स ग्रुप अफ कम्पनिले आयोजना गरेको मिस प्रोभिन्स वनमा उत्कृष्ट २१ मा छनौट भएकी छन्। पौष ३ गते झापाको बिर्तामोडमा सम्पन्न हुने मिस प्रोभिन्स वनमा ढकाल करिव ५ दर्जन प्रतियोगिबाट छानिएर उत्कृष्ट २१मा परेकी हुन्।

प्रदेश १का अधिकांश जिल्लाबाट प्रतियोगितामा १५ बर्षदेखि २०बर्षसम्मका युवतीहरुले सहभागिता जनाएका छन्। प्रतियोगी ढकालले आँफुले प्रतियोगितामा सहभागिता जनाएकोले आँफुलाई भोट गरेर जिताउन आग्रह गरेकी छन्। उनलाई भोट गर्न MP लेखेर एउटा Space छोडेर 12 लेखेर 33001 मा पठाउन सकिने छ।

कानुन संकायमा अध्ययनत ढकाललाई पूर्वीखबरले कानुन पढ्ने मान्छे यो रंगमञ्च तर्फ कसरी आकर्षण बढ्यो भनेर सोधेको प्रश्नमा भन्छिन “यस्ता प्रतियोगिताहरुले आँफुमा रहेको क्षमता बिकास गर्न मद्दत पुग्ने हुँदा सहभागी भएको बताउँछिन्”, यस्तै आफ्नो आत्मबिश्वास बढाउने पनि सहभागी भएको ढकाल बताउँछिन्।

ढकालले भविश्यमा मिस नेपाल प्रतियोगितामा पनि सहभागिता जनाउने इच्छा रहेको बताएकी छन्। उनले आँफु कानुनको बिद्यार्थी भएको हुँदा पछि गएर आँफु आवाज बिहिनहरुको आवाज बन्ने इच्छा रहेको पूर्वीखबरसँग बताएकी छन्।

मनिलाका बिषयमा थप जान्नलाई यहाँ क्लिक गर्नुहोस।